वीरगञ्ज झडपमा एसपीसहित १७ प्रहरी घाइते | Khabarhub Khabarhub

वीरगञ्ज झडपमा एसपीसहित १७ प्रहरी घाइते


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्सा प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कर्फ्यू’ आदेश जारी गरेको छ ।

वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि आज बेलुका साढे ६ः०० देखि आइतबार बिहान १२ः०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यू आदेश जारी गरिएको बताए । “आज भएको तनावको विषयमा आधिकारिक विवरण आइसकेको छैन”, उनले भने, “केही सङ्ख्यामा प्रहरी र अन्य व्यक्ति घाइते भएको विवरण छ ।”

कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क)बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ ।

जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कफ्र्यू आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यू आदेश जारी गरेको छ ।

यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ । यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो ।

यस्तै झडपमा परेर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएका छन् । उक्त झडपमा परेर १७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सशस्त्र प्रहरीका ८ र प्रदर्शनकारी १२ जना घाइते भएका छन् । नेपाल प्रहरीले ७० र सशस्त्र प्रहरीले ७५ राउन्ड अश्रुग्यास प्रहार भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ३३ बजे

आइएसएसआरको अध्यक्षमा शंकरदास बैरागी

काठमाडौं– पूर्वमुख्यसचिव शंकरदास बैरागी इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक

गाजामा इजरायली ‘शत्रुता’ अन्त्य भएपछि बन्धक मुक्त : हमास

गाजा – गाजा पट्टीमा इजरायली ‘शत्रुता’ को समाप्तिको सर्तमा इजरायली

पछिल्लो २४ घण्टाको विपद्ः तीनको मृत्यु, सोह्रजना घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्जन्य घटनामा तीनजनाको मृत्यु

राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किंदैन : महामन्त्री शर्मा

बाँके – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउने भन्दा

बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा

काठमाडौं – ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल