आज २०८२ साल वैशाख २९ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख २९ गते सोमबारको राशिफल


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज २०८२ साल वैशाख २९ गते सोमबार। वैशाख शुक्ल पक्षको पूर्णिमा तिथि। उभौली पर्व। चण्डी पूर्णिमा। बुद्ध जयन्ती। विश्व नर्स दिवस। वैशाख स्नान समाप्ति। तदनुसार सन् २०२५ मे १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। दीर्घकालीन योजना सफल बन्नेछन्। स्वास्थ्यको ख्याल आफैं गर्नुपर्ने दिन छ। विपक्षी साथीको साथ मिल्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

वृष : आज व्यापारमा गरेको खर्चबाट राम्रो आम्दानी हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। राम्रा काममा थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। खानपानमा समस्या हुनेछ।

मिथुन : दिन राम्रो छ। त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : बोल्दा सचेत बन्नुपर्नेछ। सामान्य विषयमा पनि गलत आरोप लाग्ने जोखिम छ। अध्ययनमा अल्छीपनले दुःख दिनेछ। व्यापारमा लाभ हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

सिंह : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। अढैया शनिको प्रभावले साना कुरामा चिन्ता बढ्नेछ। साथीको साथ र सहयोग मिल्नेछ। दैनिक काम सहजै बन्नेछन्।

कन्या : दिन राम्रो छ। तपाईंको कामको प्रशंसा हुनेछ। राज्यका महत्त्वपूर्ण ठाउँबाट भएको मागको सम्बोधन गर्नु उचित हुनेछ। राज्यका अंगमा तपाईंको आवश्यकता रहनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

तुला : तपाईंको बोलीको प्रशंसा हुनेछ। सानो सोच नबनाउनु उचित हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। धार्मिक अभियन्तासँग झुकाब देखाउनु पर्नेछ।

वृश्चिक : अध्ययनमा जोस र जाँगर बढ्नेछ। विपक्षी साथी शान्त भएकाले तपाईंलाई काम गर्न सहज हुनेछ। मान्यजनको आर्शिवाद लिएर अगाडि बढ्नुपर्नेछ।

धनु : दिन सामान्य छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा समस्या बढ्नेछ। विपक्षी शक्तिशाली भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

मकर : दिन राम्रो छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। राजनीतिमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। परिवारसँगको दैनिकी सामान्य ढंगले चल्नेछ।

कुम्भ : अन्त्य साढेसातीको सामना गर्दै हुनुहुन्छ। अनुत्पादक क्षेत्रमा सम्पत्ति खर्च हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

मीन : आफ्नै राशिमा शनिदेव परेकाले टाउको दुःखने जोखिम छ। महत्त्वपूर्ण विषयको छलफलमा सचेत बन्नुपर्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ५ : ४२ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी