जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार « Khabarhub

जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि बिहीबार इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नका लागि सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा युक्रेनले सिधै वार्ता गर्ने रुसको प्रस्तावलाई स्वीकार गर्न भनेपछि जेलेन्स्कीको अभिव्यक्ति बाहिर आएको हो ।

‘मान्छे मरिरहनु राम्रो होइन । म बिहीबार इस्तानबुलमा पुटिनलाई पर्खिरहेको हुनेछु’ जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् । यसअघि उनले युद्धविराम लागू भएपछि मात्र आफ्नो देश वार्ताका लागि तयार हुने बताउँदै आएका थिए ।

किभमा शनिवार ‘इच्छुकहरूको गठबन्धन’ नामको समूहको बैठक बसेपछि युरोपेली देशहरूले सोमबारबाट नै युद्धविराम हुनुपर्ने आवाज उठाएका थिए । त्यसपछि नै पुटिनले सिधै वार्ताको प्रस्ताव अघि सारेका थिए ।

जेलेन्स्कीले रुस वार्ताको दिन अघि नै युद्धविरामका लागि तयार हुने कुरामा आफू आशावादी रहने बताएका थिए ।

शनिवार साँझ पुटिनले युद्ध सुरु भएयता पहिलो पटक युद्ध अन्त्यका लागि गम्भीर वार्ताका लागि युक्रेनलाई आह्वान गरेका हुन् ।

उनले स्थायी शान्तिको लागि यो पहिलो कदम भएको समेत प्रतिक्रिया दिएका थिए । 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : १८ बजे

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा