जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार « Khabarhub

जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि बिहीबार इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नका लागि सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा युक्रेनले सिधै वार्ता गर्ने रुसको प्रस्तावलाई स्वीकार गर्न भनेपछि जेलेन्स्कीको अभिव्यक्ति बाहिर आएको हो ।

‘मान्छे मरिरहनु राम्रो होइन । म बिहीबार इस्तानबुलमा पुटिनलाई पर्खिरहेको हुनेछु’ जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् । यसअघि उनले युद्धविराम लागू भएपछि मात्र आफ्नो देश वार्ताका लागि तयार हुने बताउँदै आएका थिए ।

किभमा शनिवार ‘इच्छुकहरूको गठबन्धन’ नामको समूहको बैठक बसेपछि युरोपेली देशहरूले सोमबारबाट नै युद्धविराम हुनुपर्ने आवाज उठाएका थिए । त्यसपछि नै पुटिनले सिधै वार्ताको प्रस्ताव अघि सारेका थिए ।

जेलेन्स्कीले रुस वार्ताको दिन अघि नै युद्धविरामका लागि तयार हुने कुरामा आफू आशावादी रहने बताएका थिए ।

शनिवार साँझ पुटिनले युद्ध सुरु भएयता पहिलो पटक युद्ध अन्त्यका लागि गम्भीर वार्ताका लागि युक्रेनलाई आह्वान गरेका हुन् ।

उनले स्थायी शान्तिको लागि यो पहिलो कदम भएको समेत प्रतिक्रिया दिएका थिए । 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : १८ बजे

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न