कांग्रेस सभापति देउवाबाट बुद्ध जयन्ती र उँभौली पर्वको शुभकामना  « Khabarhub

कांग्रेस सभापति देउवाबाट बुद्ध जयन्ती र उँभौली पर्वको शुभकामना 


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गरेको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताएका छन् ।

गौतम बुद्धको २५६९औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाली भूमिमा जन्मिएका बुद्धका ज्ञान र आदर्शले विश्व मानव समुदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेको उल्लेख गरेका छन् ।

सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने बताएका छन् ।

अशान्ति, हत्या र हिंसाको विरोध गरी देशमा शान्ति कायम र अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाऊन् भन्ने कामना गर्दै उनले बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमीमा शुभकामना व्यक्त गरेका छन् ।

यसैगरी, सभापति देउवाले प्रकृतिका पुजारी किरात समुदायको उँभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

उनले पृथ्वीमा कहीँकतै खाद्यान्नको अभाव नहोस्, अन्नबाली राम्रो होस् भन्दै वैशाख पूर्णिमाका दिन किरात समुदायले मनाउने उँभौली पर्वका अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : १० बजे

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो

एजेन्सी– इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको

‘अभिमन्यु : च्याप्टर १’को बुकिङ खुला

काठमाडौं – आगामी शुक्रबार अर्थात् मंसिर १८ बाट प्रदर्शनमा आउन

‘परिवर्तन’को पोस्टर : अञ्जना प्रहरी, एक्सन अवतारमा सुशील

काठमाडौं – आगामी माघ ९ लाई प्रदर्शन मिति तोकिएको एक्सन

महानिर्देशकलाई थाहै नदिई नलिन्चोक हेलिपोर्टको डीपीआर, यसरी भएको थियो अनियमितता

काठमाडौं– भक्तपुरस्थित नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग

मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशप्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष