शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा « Khabarhub

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको छ ।

त्यसैगरी समीक्षा अवधिमा चालु खाता दुई खर्ब १० अर्ब २२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता  एक खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर सात अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर चार अर्ब ७८ करोड रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा आठ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ४९ करोड थियो ।

कुल विदेशी विनिमय सञ्चिति १८ दशमलव नौ प्रतिशतले वृद्धि भई चैत मसान्तमा २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलर सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा गत चैत मसान्तमा १५ दशमलव चार प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा गत चैत मसान्तमा १५ दशमलव छ प्रतिशतले वृद्धि भई २१ खर्ब ३६ अर्ब ४६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकामा २०८१ चैत मसान्तमा ५० दशमलव आठ प्रतिशतले वृद्धि भई दुई खर्ब ९० अर्ब ३८ करोड कायम भएको छ ।

गत चैत मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दशमलव चार प्रतिशत छ । (रासस)

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ९ : ०७ बजे

बाढीबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत गरिँदै

म्याग्दी– गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम

शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

काठमाडौं– मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि