पूर्वराष्ट्रपति भण्डारीबाट बुद्धजयन्ती र उँभौली पर्वको शुभकामना  « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीबाट बुद्धजयन्ती र उँभौली पर्वको शुभकामना 


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करुणा, अहिंसा र शान्तिले मात्रै मानव सभ्यताको रक्षा हुने बताएकी छिन् ।

शान्तिका अग्रदूत गौतमबुद्धको २५६९औँ जन्मजयन्ती तथा किरात समुदायको पर्व उँभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी  गर्दै उनले नेपालको लुम्बिनीमा जन्मिएका बुद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाएको उल्लेख गरेकी छिन् । 

सामाजिक सञ्जाल ट्विटर(एक्स) पेजमा पूर्वराष्ट्रपति भण्डारीले लेखेकी छिन्– ‘आपसी सम्मान, सहिष्णुता र सन्तुलित जीवनशैलीका लागि बुद्धले दिएको करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक बनिरहेको छ ।’

त्यसैगरी उनले किरात समुदायको उँभौली पर्वले आपसी सद्भाव, सहिष्णुता र सम्मानको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएकी छिन् । 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ११ : ०५ बजे

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, पहिलाकै प्याकेज यथावत्

काठमाडौं– नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको विन्टर अफर लयाएको छ ।

चुनाव प्रचारमा बालबालिका : हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- धरान उपमहानगरपालिकाका निर्वतमान मेयर एवम् सुनसरी क्षेत्र नम्बर १

यूक्रेन-अमेरिका-रूस त्रिपक्षीय वार्ता, शान्ति प्रक्रियामा आशा बढ्यो

वासिङ्टन– यूक्रेन, अमेरिका र रूसबीच भएको त्रिपक्षीय वार्ताले रूस–यूक्रेन युद्ध

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा