लुम्बिनीबाट ओलीले भने– सर्वनाशक हतियार निर्माण र थुप्रो लगाउने काम विश्वका लागि खतरनाक « Khabarhub

लुम्बिनीबाट ओलीले भने– सर्वनाशक हतियार निर्माण र थुप्रो लगाउने काम विश्वका लागि खतरनाक

'भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्‍यौं,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूसँग पनि कुरा गर्‍यौं। नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता गर्नुभयो ।'


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मास डिस्ट्रक्सन (सर्वनाशक)का हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भइरहेको बताएका छन् । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक भएको बताएका छन् ।

सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्तीका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबाट उन्मूक्तिका लागि विश्व शान्तिको पक्षमा रहनुपर्ने बताएका छन् ।

‘आज जतिबेला मास डिस्ट्रक्सनका हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भएको छ, यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो । यसबाट उन्मूक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनुपर्छ र काम गर्नुपर्दछ ।’ उनले भने ।

उपदेशमार्फत् बुद्धले दिनुभएको शिक्षा विश्वका लागि महत्त्वपूर्ण भएको बताउँदै ओलीले भारत र पाकिस्तानको युद्धविरामको सम्झौताप्रति प्रतिबद्ध भएकामा धन्यवाद दिए ।

‘हाम्रा छिमेकी मुलुकहरूको अलिकति हातहालाहाल त भएको थियो, हातहालाहाल बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस्, यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूसँग पनि कुरा गर्यौं । नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता गर्नुभयो । फेरि पनि केही कचकचहरू आरोप र प्रत्यारोपहरूको स्थिति छ ।’

ओलीले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि रहेको बताए । व्यक्तिको मनस्थिति र पारिवारिक शान्तिका लागि शान्तिको महत्त्व रहेको बताए । प्रधानमन्त्री ओलीले मूल कुरा बुद्धका उपदेशमा केन्द्रि रहनुपर्ने बताए ।

‘बुद्धिजम फैलने क्रममा कतै महायानका रूपमा रह्यो । कतै थिरवादका रूपमा रह्यो । कतै बज्रयानका रूपमा रह्यो । सबैका सानातिना भिन्नता रहे पनि मूल कुरा बुद्धका उपदेश हुन् । शान्तिका उपदेश हुन् । मानवतावादका उपदेश हुन् । र, करुणाका उपदेश हुन्,’ ओलीले भने, ‘डिफरेन्सेजमा होइन, बुद्धका मुख्य उपदेशहरू, आदर्शहरूलाई समाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले लुम्बिनी क्षेत्र, यसको बफरजोनको विकासमा लाग्ने बतए । बुद्धको शिक्षा, उपदेशको विस्तारका लागि र तिनको व्यवस्थित बुझ्ने, बुझाउने, खोज अनुसन्धानका लागि लुम्बिनी बौद्ध विश्व विद्यालयको स्थापना गरेको बताए ।

उनले भने, ‘विश्वविद्यालयले बुद्धिजमको खोज, अध्ययन र अनुसन्धानमा ध्यान दिने छ । र यसमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ भन्नेमा विश्वास गर्दछु ।’

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १ : ११ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका