महिला पत्रकारको अर्थपूर्ण सहभागितामा अवरोध : उपसभामुख राना | Khabarhub Khabarhub

महिला पत्रकारको अर्थपूर्ण सहभागितामा अवरोध : उपसभामुख राना


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरू विद्यमान रहेको बताएकी छन् ।
 
इनिसियटिभ्स अफ मिडिया वुमन (आइएमडब्ल्यु) ले आइतबार साँझ बङ्गलादेशस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा ढाकास्थित दूतावासमा आयोजना गरेको ‘नेपाल र बङ्गलादेशका पत्रकार महिलाबीच अन्तरक्रिया’ मा उपसभामुख रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागिताका लागि संरचनागत र सामाजिक अवरोध विद्यमान रहेको बताइन्।
 
‘महिला पत्रकारले अहिले पनि धेरै चुनौतीको सामना  गर्नुपरेको छ, ती चुनौतीको सामना गर्दै अघि बढ्नुपर्छ’, उनले भनिन्, ‘सबै बाधा, अवरोध, चुनौतीलाई हटाउन संयुक्त प्रयास आवश्यक छ ।’ 

उपसभामुख रानाले विगतको तुलनामा मिडिया क्षेत्र प्रगतिशील हुँदै गइरहेको र अझै थप विकासमा पहल गर्नुपर्ने भनाइ थियो ।

बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले महिला पत्रकारले वञ्चित तथा आवाजविहीन समुदायका विशेष कथाहरू उजागर गर्न खेलेको महत्वपूर्ण भूमिकाको महत्वपूर्ण भएको बताए। उनले नेपाल र बङ्गलादेशका महिला पत्रकारलाई एकसाथ ल्याइएकोमा आइएमडब्ल्युलाई विशेष धन्यवाद व्यक्त गदै यस्ता कार्यक्रमले जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्ल्यु) का अध्यक्ष लक्ष्मी भण्डारीले सञ्चार क्षेत्रमा कार्यरत महिला पत्रकारले गदै आएका प्रयास बारेमा जानकारी गराए। उनले दुई देशका महिला पत्रकारले दीर्घकालीन मित्रता प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले थप टेवा पुर्‍याउने आशा व्यक्त गरे। उनले नेपाल–बङ्गलादेश महिला पत्रकारले भोग्दै आइरहेका समस्या र चुनौती समान भएको भन्दै छलफलमा विभिन्न विषय उठान गरेका थिए । 

दक्षिण एशियाकै सबैभन्दा ठूलो महिला समाजिक संस्था ‘ठेंगमरा महिला सबुज्ज सङ्घ (टिएमएसएस)’ की संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा हुस्ने आरा बेगमले नेपाल र बङ्गलादेशका महिला पत्रकारबीच यस किसिमको अन्तरक्रियात्मक छलफल कार्यक्रम पहिलो पटक भएको बताउँदै खुसी व्यक्त गरे।

दुई देशबीचको सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा दुई देशका ५० भन्दा बढी महिला पत्रकारले कार्यक्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका विषयमा आवाज उठाएका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १ : १८ बजे

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटिन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ दलका नेताहरूलाई गाली गर्दै

‘प्रधानमन्त्री ओलीविरुद्ध हमला बढ्यो, प्रतिरोधमा उत्रिनू’

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका मूल नेता तथा

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने

काठमाडौं– दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले प्रतिस्पर्धाका

कोरिया सरकारको सहयोगमा ‘हामी मोबाइल एप’ शुभारम्भ

काठमाडौं– गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक

भाेलिदेखि ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

काठमाडौं– नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीन