रेसुङ्गा विमानस्थल : सातामा तीन पटक उडान हुने « Khabarhub

रेसुङ्गा विमानस्थल : सातामा तीन पटक उडान हुने


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

तम्घास– यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका  जहाज मर्मतपछि नियमित उडान पुनःसुरु गरेको हो । रेसुङ्गा–काठमाडौँका लागि रु सात हजार ८० र काठमाडौंँ–रेसुङ्गा सात हजार दुई सय ८० भाडादर कायम छ ।

मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए।

निगमको १८ सिट क्षमताको जहाजले  बिहान ६ः१० बजे काठमाडौँबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ । 
 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १ : २२ बजे

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा