ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता « Khabarhub

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले ल्याटिन अमेरिकासँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन अमेरिकी नेता र अधिकारीलाई   बेइजिङमा स्वागत गरेको छ ।

अमेरिकासँगको व्यापार युद्धपछि बेइजिङले हालैका वर्षहरूमा ल्याटिन अमेरिकी राष्ट्रहरूसँग आर्थिक र राजनीतिक सहयोग बढाएको छ । उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको कर वृद्धिविरुद्ध संयुक्त मोर्चा बनाउन आग्रह गरेको छ।
 
ल्याटिन अमेरिकी मुलुकमध्ये दुई तिहाइ बेइजिङको ट्रिलियन डलरको बेल्ट एन्ड रोड (बीआरआई) पूर्वाधार कार्यक्रममा सामेल भएका छन् र चीनले ब्राजिल, पेरु र चिलीलगायतको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा अमेरिकालाई उछिनेको छ ।
 
चीन र ३३ सदस्यीय ल्याटिन अमेरिकी तथा क्यारेबियन स्टेट्स समुदाय (सीईएलएसी) बीच मङ्गलबारदेखि औपचारिक रुपमा फोरम सुरु हुँदै छ ।
 
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा पाँचदिने राजकीय भ्रमणका लागि शनिबार बेइजिङ पुगेका छन् । लुलाले सन् २०२३ को सुरुमा सत्तामा आएदेखि नै चीन र अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै आएका छन् ।
 
संयुक्त राष्ट्रसङ्घको कम्ट्रेड डाटाबेसका अनुसार गत वर्ष ब्राजिलले चीनमा ९४ अर्ब डलरभन्दा बढीको निर्यात गरेको थियो । दक्षिण अमेरिकी कृषि शक्ति राष्ट्र ब्राजिलले मुख्यतया सोयबिन र अन्य प्राथमिक वस्तुहरू चीनमा पठाउँछ भने चीनले ब्राजिललाई सेमीकन्डक्टर, टेलिफोन, सवारी साधन र औषधिहरू बेच्दछ।
 
सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले क्युबाका ब्रुनो रोड्रिग्वेज पेरिला, भेनेजुएलाका यभान गिल, पेरुका एल्मर सियालर र उरुग्वेका मारियो लुबेट्किनलाई बेइजिङको अलङ्कृत दियाओयुताई स्टेट गेस्टहाउसमा बोलाएका थिए ।
 
सम्मेलनमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो र चिलीका राष्ट्रपति गेब्रियल बोरिकको पनि सहभागिता रहने बताइएको छ । पेट्रोले गत साता आगामी दिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुँदा बीआरआईमा सामेल हुन ‘आशय पत्र’मा हस्ताक्षर गर्ने बताएका थिए ।
 
बेइजिङको विदेश मन्त्रालयका अनुसार सीले शिखर सम्मेलनको उद्‌घाटन समारोहमा सम्बोधन गर्नेछन् । 

चिनियाँ विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले चीन र ल्याटिन अमेरिकाबीचको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट विकास गर्न बेइजिङले सधैँ चासो राखेको बताए। 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १ : २९ बजे

केपीकै शैलीमा शक्ति थुपार्दै बालेन, अन्तरिम सरकारले फर्काएको गुप्तर विभाग आफैंतिर ताने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका पछिल्ला गतिविधि नेकपाकालमा शक्तिशाली प्रधानमन्त्री बनेका

हेटौँडा–ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौं– लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४००

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय

काठमाडौं– सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा.

राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालयकै मातहत

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा

पर्यटकीय आकर्षण बन्दै थारु सांस्कृतिक संग्रहालय (तस्बिरहरू) 

दाङ– थारु समुदायको इतिहास, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने