ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता | Khabarhub Khabarhub

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले ल्याटिन अमेरिकासँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन अमेरिकी नेता र अधिकारीलाई   बेइजिङमा स्वागत गरेको छ ।

अमेरिकासँगको व्यापार युद्धपछि बेइजिङले हालैका वर्षहरूमा ल्याटिन अमेरिकी राष्ट्रहरूसँग आर्थिक र राजनीतिक सहयोग बढाएको छ । उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको कर वृद्धिविरुद्ध संयुक्त मोर्चा बनाउन आग्रह गरेको छ।
 
ल्याटिन अमेरिकी मुलुकमध्ये दुई तिहाइ बेइजिङको ट्रिलियन डलरको बेल्ट एन्ड रोड (बीआरआई) पूर्वाधार कार्यक्रममा सामेल भएका छन् र चीनले ब्राजिल, पेरु र चिलीलगायतको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा अमेरिकालाई उछिनेको छ ।
 
चीन र ३३ सदस्यीय ल्याटिन अमेरिकी तथा क्यारेबियन स्टेट्स समुदाय (सीईएलएसी) बीच मङ्गलबारदेखि औपचारिक रुपमा फोरम सुरु हुँदै छ ।
 
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा पाँचदिने राजकीय भ्रमणका लागि शनिबार बेइजिङ पुगेका छन् । लुलाले सन् २०२३ को सुरुमा सत्तामा आएदेखि नै चीन र अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै आएका छन् ।
 
संयुक्त राष्ट्रसङ्घको कम्ट्रेड डाटाबेसका अनुसार गत वर्ष ब्राजिलले चीनमा ९४ अर्ब डलरभन्दा बढीको निर्यात गरेको थियो । दक्षिण अमेरिकी कृषि शक्ति राष्ट्र ब्राजिलले मुख्यतया सोयबिन र अन्य प्राथमिक वस्तुहरू चीनमा पठाउँछ भने चीनले ब्राजिललाई सेमीकन्डक्टर, टेलिफोन, सवारी साधन र औषधिहरू बेच्दछ।
 
सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले क्युबाका ब्रुनो रोड्रिग्वेज पेरिला, भेनेजुएलाका यभान गिल, पेरुका एल्मर सियालर र उरुग्वेका मारियो लुबेट्किनलाई बेइजिङको अलङ्कृत दियाओयुताई स्टेट गेस्टहाउसमा बोलाएका थिए ।
 
सम्मेलनमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो र चिलीका राष्ट्रपति गेब्रियल बोरिकको पनि सहभागिता रहने बताइएको छ । पेट्रोले गत साता आगामी दिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुँदा बीआरआईमा सामेल हुन ‘आशय पत्र’मा हस्ताक्षर गर्ने बताएका थिए ।
 
बेइजिङको विदेश मन्त्रालयका अनुसार सीले शिखर सम्मेलनको उद्‌घाटन समारोहमा सम्बोधन गर्नेछन् । 

चिनियाँ विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले चीन र ल्याटिन अमेरिकाबीचको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट विकास गर्न बेइजिङले सधैँ चासो राखेको बताए। 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १ : २९ बजे

रोनाल्डो अझै दुई वर्ष अल नासरमै रहने, नयाँ सम्झौतामा हस्ताक्षर

काठमाडौं- साउदी प्रो लिग क्लब अल-नासरले ४० वर्षीय सुपरस्टार क्रिस्टियानो

सुमनाले भनिन्- शिक्षा र स्वास्थ्यमा नाफा गर्न पाइँदैन, १५ वर्षपछि निजी विद्यालय गैरनाफामूलक बनाऊँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले शिक्षा र

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षा आधुनिक

लेबनानमा इजरायली हवाई आक्रमण, हिजबुल्लाहका दुई सदस्यको मृत्यु

एजेन्सी – लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गराएका दुई छुट्टाछुट्टै हवाई

उपनिर्वाचन : संघीय लोकतान्त्रिक मोर्चाबाट रुपन्देही ३ मा नाउपाको दाबी

काठमाडौं- संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ मा