स्वर्णिम साहित्य सम्मानबाट बज्राचार्य र सुसारा सम्मानित « Khabarhub

स्वर्णिम साहित्य सम्मानबाट बज्राचार्य र सुसारा सम्मानित


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वर्णिम साहित्य समाज सुनसरीले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘स्वर्णिम साहित्य सम्मान’ र ‘स्वर्णिम साहित्य पुरस्कार’ क्रमशः सुनसरी वराहक्षेत्रका कवि मान बज्राचार्य र पाँचथरका कवि सगुन सुसारालाई प्रदान गरेको छ ।

अग्रज साहित्यकार मान बज्राचार्यले ‘स्वर्णिम साहित्य सम्मान –२०८२’ सँगै नगद ११ हजार १ रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । यस्तै स्वर्णिम साहित्य पुरस्कारबाट पुरस्कृत सुसाराले नगद ५० हजार १ सय ५१ रुपैयाँसहित, सम्मान–पत्र र ट्रफी प्राप्त गरेका छन् ।

शनिबार बराहक्षेत्र–५ स्थित सभाहलमा पूर्व पर्यटन मन्त्री सुदन किरातीले सम्मान र पुरस्कार हस्तान्तरण गरे । उनले साहित्य समाजको आत्मा भएको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व संरक्षकसमेत रहेका किरातीले परिवर्तनको एजेण्डामा लाग्दा आक्षेप, प्रत्यारोप आइरहने बताए । उनले स्मृतियोग्य कृति सिर्जना गर्नुपर्ने बताए ।

सोही अवसरमा आख्यानकार श्याम सिङ्घकको तेस्रो उपन्यास ‘कोइलाखाद’ माथि परिचर्चा गरिएको छ । कृतिउपर कवि देवान किरातीले बोलेका थिए । उनले उपन्यासमा यथार्थ कथा आएको बताए । प्राध्यापक रमेश काफ्लेले उपन्यासले विश्वेश्वरप्रसाद कोइरालाको ‘नरेन्द्र दाइ’ कृतिको स्मरण गराएको बताए ।

स्वर्णिम साहित्य समाज वराहक्षेत्र स्थापनाको १९ औं वर्षमा प्रवेश गरेको अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिए । उनले स्वर्णिम साहित्य पुरस्कार तथा सम्मान कोष १५ लाख रूपैयाँ राशिको निर्माण गर्ने बताए । आगामी वर्षदेखि मातृभाषामा साहित्य पुरस्कारसमेत वितरण गर्ने लक्ष्य रहेको उनले बताए ।

याे पनि : स्वर्णिम साहित्य सम्मान मान बज्राचार्यलाई, पुरस्कार सुसारालाई

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  २ : १६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने