स्वर्णिम साहित्य सम्मान मान बज्राचार्यलाई, पुरस्कार सुसारालाई « Khabarhub

स्वर्णिम साहित्य सम्मान मान बज्राचार्यलाई, पुरस्कार सुसारालाई


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वर्णिम साहित्य समाज सुनसरीले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘स्वर्णिम साहित्य सम्मान’ र ‘स्वर्णिम साहित्य पुरस्कार’ क्रमशः सुनसरी वराहक्षेत्रका कवि मान बज्राचार्य र पाँचथरका कवि सगुन सुसारालाई दिने निर्णय गरेको छ ।

सुनसरी जिल्लाका अग्रज साहित्यकार मान बज्राचार्यले ‘स्वर्णिम साहित्य सम्मान –२०८२’ सँगै नगद ११ हजार १ रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

कवि बज्राचार्यको ‘वराहक्षेत्र कीर्तन’ (नेपाली/हिन्दी भाषा, २०१०), ‘सजिलो वर्णमाला’ (२०१७), ‘वराहक्षेत्र विष्णुपादुका तीर्थ श्राद्धपद्धति’, (नेपाली/हिन्दी भाषा), ‘वसन्तश्रवण अभिनय काव्य’, ‘साहित्य श्रष्टा’ लगायत ५६ कृति प्रकाशित छन् ।

यस्तै स्वर्णिम साहित्य पुरस्कारबाट पुरस्कृत सुसाराले नगद ५० हजार १ सय ५१ रुपैयाँसहित, सम्मान–पत्र र ट्रफी प्राप्त गर्नेछन् ।
पाँचथर जिल्लाको मिक्लाजुङमा रहेर स्थानीयता र पहिचान लेखनका क्षेत्रमा कलम चलाउँदै आएका कवि सुसारा उत्तरवर्ती सोचका प्रवर्तक समेत मानिन्छन् ।

कवि सुसाराको ‘श्रद्धाको फूल’ २०५६ (कथा सङ्ग्रह), माङफुङको कायाकल्प –२०६४ (कविता सङ्ग्रह), मलाई माया गर्ने मान्छे–२०६६ (गजल सङ्ग्रह), मिथक, बिम्ब र प्रतीक –२०६८ (ताङ्का सङ्ग्रह), लुङ्टा नुङ साम्सिबुङ –२०७३ ( वान्तावा भाषाको गजल सङ्ग्रह), रमिपाङमिचिवो मिन्मा –२०७७ (वान्तावा भाषाको समालोचना कृति) पाँचथरमा राईहरू –२०७७ (इतिहास) लगायत कृति प्रकाशित छन् ।

समाजले प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरेको सम्मान पुरस्कार वितरण कार्यक्रममा आख्यानकार श्याम सिङ्घकको कृति ‘कोइलाखात’ माथि परिचर्चा गर्नेसमेत कार्यक्रम रहेको छ ।

स्वर्णिम साहित्य समाजको १९ औं स्थापना दिवसका अवसरमा आगामी वैशाख २७ गते पुरस्कार प्रदान गरिने अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिए । कार्यक्रम सुनसरीको वराहक्षेत्र–५ स्थित वडा कार्यालयको सभाहलमा आयोजना हुनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १ : ३८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने