अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न सहमति | Khabarhub Khabarhub

अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न सहमति

भन्सार शुल्क ११५ प्रतिशतले कटौती गर्ने घोषणा


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जेनेभा– अमेरिका र चीनले सोमबार दुई पक्षीय व्यापार युद्धलाई कम गर्ने कदमस्वरूप ९० दिनका लागि एक-अर्कामाथि लगाइएका भारी भन्सार शुल्कहरू घटाउने सहमति गरेका छन्। यो सहमतिले विश्व बजारमा आएको उथलपुथललाई केही सहज बनाउने विश्वास गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध सुरु गरेपछि पहिलो पटक दुवै देशका शीर्ष अधिकारीहरूबीच जेनेभामा वार्ता भएको हो। वार्तापछि संयुक्त विज्ञप्ति जारी गर्दै दुवै देशले तीन अंकको भन्सार शुल्कलाई दुई अंकमा ल्याउने र वार्ता जारी राख्ने घोषणा गरे।

अमेरिकी वित्तमन्त्री स्कट बेस्सेन्टले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ र अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि ली छेङगाङसँगको वार्तालाई उपलब्धिमूलक र प्रभावकारी भएको बताए। दुवै पक्षले एकअर्कालाई ठूलो सम्मान देखाएको पनि उनले पत्रकारहरूलाई जानकारी दिए।

पछिल्लो महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने वस्तुहरूमा १४५ प्रतिशत भन्सार शुल्क लगाएका थिए, जुन अन्य देशका लागि लागू गरिएको १० प्रतिशत शुल्कभन्दा निकै उच्च थियो। जवाफमा बेइजिङले अमेरिकी वस्तुहरूमा १२५ प्रतिशत शुल्क लगाएको थियो।

अब नयाँ सहमतिअनुसार दुवै देशले ती शुल्कहरूमा ११५ प्रतिशतले कटौती गर्नेछन्, जसअनुसार अमेरिकी शुल्क ३० प्रतिशत र चिनियाँ शुल्क १० प्रतिशतमा झर्नेछ।

संयुक्त वक्तव्यमा दुवै पक्षले आर्थिक र व्यापार सम्बन्धबारे वार्ता निरन्तरता दिन नयाँ संयन्त्र गठन गर्ने बताएका छन्। चीनले वार्तामा भएको महत्वपूर्ण प्रगतिको स्वागत गर्दै यो कदम दुवै देश र सम्पूर्ण विश्वको हितमा भएको उल्लेख गरेको छ। 

चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिका एकपक्षीय शुल्क वृद्धिको गलत अभ्यास सच्याउन चीनसँग सहकार्य जारी राख्ने आशा व्यक्त गरेको छ।

यो सहमतिसँगै डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी शेयर बजारको सूचकांकमा तीव्र वृद्धि देखिएको छ। युरोपेली र एसियाली बजारहरूमा पनि सकारात्मक प्रतिक्रिया देखिएको छ।

विश्व व्यापार संगठन (डब्लुटीओ) प्रमुख न्गोजी ओकोन्जो-इवेला‌ले यस वार्तालाई महत्वपूर्ण फड्को भन्दै प्रशंसा गरेकी छन् । यो सहमतिलाई उनले भविष्यका लागि शुभ संकेत भनेकी छन्।

वार्ताको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत चीनमाथि ८० प्रतिशत भन्सार शुल्क उचित हुने संकेत गरेका थिए। यद्यपि, ह्वाइट हाउसकी प्रेस सचिव करोलिन लेविटले अमेरिका एकपक्षीय रूपमा शुल्क घटाउने पक्षमा नरहेको प्रस्ट पारेकी छन्।

जेनेभामा सम्पन्न यो वार्ता केही दिनअघि मात्र ट्रम्पले बेलायतसँग व्यापार सम्झौता घोषणा गरेपछि भएको हो। पाँच पृष्ठ लामो यो सम्झौताले लगानीकर्तालाई अमेरिका अझै पनि वार्ता र सहमतिमा तयार रहेको सन्देश दिएको छ। तर ट्रम्पले बेलायती सामानमा १० प्रतिशत भन्सार यथावत् राख्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ४ : १४ बजे

थारु समुदायको सखिया नृत्य देखाउने समय छोट्टिदै, मौलिकता हराउने चिन्ता

कञ्चनपुर – दसैँका अवसरमा विशेषगरी थारु समुदायमा देखाइने सखिया नृत्य

लेकका च्याङ्ग्रा सहरमा

गण्डकी– कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मंगलबार पर्यटकीय सहर पोखरा

रुसले हवाई क्षेत्रको उल्लङ्घन तुरुन्त रोक्नुपर्छ : नाटो

एजेन्सी– नाटोले पूर्वी युरोपमा भइरहेका हवाई क्षेत्र उल्लङ्घनप्रति गम्भीर चिन्ता

रेडियो नेपालको विरासत कायम राख्दै प्रतिस्पर्धी बन्न सञ्चारमन्त्री खरेलको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सार्वजनिक सेवा