ट्रम्पको मध्यपूर्व भ्रमणअघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने | Khabarhub Khabarhub

ट्रम्पको मध्यपूर्व भ्रमणअघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हमासले गाजामा बन्धक बनाएका अमेरिकी नागरिक इडान अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ । हमासले छिट्टै अमेरिकी–इजरायली नागरिक इडान अलेक्ज्याण्डरलाई रिहा गर्ने आशाका साथ मानिसहरू उनलाई पर्खिरहेका छन, जो गाजामा रहेका अन्तिम जीवित अमेरिकी बन्धक मानिन्छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको मङ्गलबार मध्यपूर्वको भ्रमण हुनु अघि २१ वर्षीय युवकको रिहाइ हुन लागेको हो । तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रिहाइले गाजा पट्टीमा युद्धविराम वा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न नमिल्ने प्रतिक्रिया दिएका छन ।

खासमा इडान अलेक्ज्याण्डर २१ वर्षीय दोहोरो नागरिकता भएका इजरायली–अमेरिकी हुन्, जो गाजामा अन्तिम जीवित अमेरिकी बन्धक मानिन्छ। तेल अवीवमा जन्मेका तर न्यूजर्सीमा हुर्केका अलेक्जेन्डर गाजाको सिमानामा एलिट इन्फन्ट्रीमा सेवा गरिरहेका थिए, जब उनी हमासले ७ अक्टोबर २०२३ मा आक्रमण गर्दा कब्जा गरिएको थियो ।

उनी घर फर्कन सक्ने कुरा सुनेर उनका परिवारले कल्पनायोग्य सबैभन्दा ठूलो उपहार पाएको प्रतिक्रिया दिएको छ ।

‘हामी आशा गर्छौं कि हाम्रो छोराको रिहाईसँगै सबै बाँकी ५८ बन्धकहरूका लागि वार्तालाप सुरु गर्नेछ, उनीहरू र उनीहरूका परिवारहरूको लागि यो दुःस्वप्न समाप्त हुनेछ,’ उनका परिवारका एक सदस्यले बिबिसीसँग भने ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ४ : ४३ बजे

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची