ट्रम्पको मध्यपूर्व भ्रमणअघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने « Khabarhub

ट्रम्पको मध्यपूर्व भ्रमणअघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हमासले गाजामा बन्धक बनाएका अमेरिकी नागरिक इडान अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ । हमासले छिट्टै अमेरिकी–इजरायली नागरिक इडान अलेक्ज्याण्डरलाई रिहा गर्ने आशाका साथ मानिसहरू उनलाई पर्खिरहेका छन, जो गाजामा रहेका अन्तिम जीवित अमेरिकी बन्धक मानिन्छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको मङ्गलबार मध्यपूर्वको भ्रमण हुनु अघि २१ वर्षीय युवकको रिहाइ हुन लागेको हो । तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रिहाइले गाजा पट्टीमा युद्धविराम वा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न नमिल्ने प्रतिक्रिया दिएका छन ।

खासमा इडान अलेक्ज्याण्डर २१ वर्षीय दोहोरो नागरिकता भएका इजरायली–अमेरिकी हुन्, जो गाजामा अन्तिम जीवित अमेरिकी बन्धक मानिन्छ। तेल अवीवमा जन्मेका तर न्यूजर्सीमा हुर्केका अलेक्जेन्डर गाजाको सिमानामा एलिट इन्फन्ट्रीमा सेवा गरिरहेका थिए, जब उनी हमासले ७ अक्टोबर २०२३ मा आक्रमण गर्दा कब्जा गरिएको थियो ।

उनी घर फर्कन सक्ने कुरा सुनेर उनका परिवारले कल्पनायोग्य सबैभन्दा ठूलो उपहार पाएको प्रतिक्रिया दिएको छ ।

‘हामी आशा गर्छौं कि हाम्रो छोराको रिहाईसँगै सबै बाँकी ५८ बन्धकहरूका लागि वार्तालाप सुरु गर्नेछ, उनीहरू र उनीहरूका परिवारहरूको लागि यो दुःस्वप्न समाप्त हुनेछ,’ उनका परिवारका एक सदस्यले बिबिसीसँग भने ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ४ : ४३ बजे

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा