चौकीडाँडा-कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द | Khabarhub Khabarhub

चौकीडाँडा-कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि चालुअवस्थामा रहेको ‘प्याराग्लाइडिङ’ बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९, चौकीडाँडादेखि  कविलासडाँडासम्म  साहसिक खेलका रूपमा सञ्चालनमा आएको प्याराग्लाइडिङको उडान बन्द भएको हो ।
 
प्याराग्लाइडिङ बन्द भएसँगै त्यस क्षेत्रमा रमाउन जाने पर्यटक उल्लेख्य सङ्ख्यामा घट्नेक्रम सुरु भएपछि स्थानीयवासी चिन्तित देखिन्छन । दुई वर्षअघिको वैशाखमा सुरु भएको प्लाराग्लाइडिङ करिब तीन महिना चली बन्द भएको हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजय घलेले जानकारी दिए । स्टेसनसम्म पुग्ने सडक सहज नभएपछि पर्यटकको अभावमा प्याराग्लाइडिङ बन्द गरिएको उनले स्पष्ट गरे ।  
 
चौकीडाँडास्थित ‘स्टेसन’ स्थलसम्म जाने सडकको अवस्था सहज नभएकाले तत्कालका लागि उडान बन्द गरिएको बताउँदै अध्यक्ष घलेले अहिले सो सडक निर्माणाधीन अवस्थामा रहेको र स्टेसन क्षेत्र आसपासमा होटलहरू निर्माण गर्ने काम धमाधम भइरहेकाले केही समयका लागि उडान बन्द गरिएको जानकारी दिए ।  

उनले भने, ‘सडकबाटो बिग्रेका कारण स्टेसनसम्म जान समस्या भएपछि चौकीडाँडामा अन्य संरचना निर्माण गर्ने काम भइरहेको, बाटो बनेपछि सम्भवत आगामी देसैँदेखि प्याराग्लाइडिङ सञ्चालनमा ल्याउँछौँ ।’

भरतपुर महानगरको भ्रमण वर्ष-२०२४ लाई लक्षित गरी मुलुकको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको सो प्याराग्लाइडिङ चौकीडाँडाको दुई स्थानबाट गर्न सकिने छ । ३० करोडको लगानीसहित १२ वटा प्याराग्लाइडिङको सो ठाउँमा व्यवस्था गरिएको ।  
 
समुद्री सतहबाट एक हजार ५० मिटर उचाइमा रहेको चौकीडाँडा र ५८० मिटर उचाइको कविलासबाट ‘टेकअफ’ गराउने र प्याराग्लाइडिङ अवतरण भने  त्रिशूली नदी किनार गर्ने व्यवस्था मिलाइएको छ । उडान अवधि २० देखि ३० मिनेट रहेको सो प्याराग्लाइडिङका क्रममा नजिकैको देवघाट आसपासका रमणीयस्थलको दृश्यावलोकनसहित भरपुर आनन्द लिन सकिने बताइएको छ ।

भरतपुर महानगरापालिका वडा नं २९ का अध्यक्ष सूर्यबहादुर गुरुङले पर्यटकीय हिसाबले सम्भावना बोकेको चौकीडाँडा र कविलासडाँडामा प्याराग्लाइडिङ सञ्चालनमा आउँदा स्थानीय जनता हर्षित भएको, व्यापार व्यवसायसहित चहलपहल बढेको, स्थानीयले रोजगारी पाएको, जग्गाको मूल्य वृद्धि भएको उल्लेख गर्दै छिटोभन्दा छिटो प्याराग्लाइडिङ सञ्चालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे।

 उनले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले निजी क्षेत्रबाट सुरु भएको सो प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न स्थानीय सरकार तयार रहेको बताए।   

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ५ : ०७ बजे

संघीय लोकतान्त्रिक मोर्चाको बैठक आइतबार फेरि बस्ने

काठमाडौं– मधेशवादी दलहरूको संयुक्त मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको बैठक आइतबार

मोहन वैद्यको स्वास्थ्यमा चमत्कारिक सुधार, हिँडडुल गर्न सक्ने भए

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त र पूर्वसभामुख

अवरूद्ध हवाई सेवा क्रमश: सञ्चालन गर्दै इरान 

एजेन्सी– इरानले आन्तरिक तथा बाह्य उडानका लागि आफ्नो पूर्वी हवाई

लागूऔषध नियन्त्रणमा सहकार्य र समन्वय आवश्यक : मुख्यमन्त्री कार्की 

इनरुवा – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूपदार्थ दुर्व्यसन

इरानी सर्वोच्च नेता खामेनेईले भने- आत्मसमर्पण गर्दैनौँ, अमेरिकी बेसमा फेरि आक्रमण गर्न सक्छौँ

तेहरान- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले बिहीबार एक टेलिभिजन