दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते « Khabarhub

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किएर आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
    
काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज भएको दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनीका ४६ वर्षीय सन्तोषकुमार गुरुङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार एक जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : २४ बजे

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न