गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर « Khabarhub

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

अदानचुली– राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयको टोली गाउँगाउँमा पुगेको छ । 

पछिल्लो समय सरकारले सबै निकायमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेपछि जिल्ला प्रशासनको आग्रहमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको टोलीले जिल्लाको तल्लो क्षेत्र ताँजाकोटबाट शिविर सञ्चालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्दले बताए। 

यही वैशाख २८ गते आइतबारबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्नेसम्बन्धी सेवा गाउँगाउँमा पुर्‍याएर हुम्ली बासी आमाबुवा, दिदी बहिनी तथा दाजुभाइका घरदैलोमा सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको उनले बताए ।

उक्त शिविर जिल्लाका सात वटै गाउँपालिकामा सञ्चालन गर्ने भएकाले राष्ट्रिय परिचयपत्र नभएका सबै नागरिकले आवश्यक पर्ने सक्कलै कागजात दुरुस्त गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको छ । 

कुन गाउँपालिकामा कति दिन बस्ने भन्ने कार्यतालिका नभए पनि गाउँपालिकाको आवश्यकताका आधारमा शिविर सञ्चालन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : ३० बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको