'वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी' | Khabarhub Khabarhub

‘वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी’


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन्।

डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय गोष्ठी उद्‌घाटन कार्यक्रममा उनले वनमा काठ सड्ने तर उपभोक्ताले नपाउने समस्या समाधान गर्न सबै लाग्नुपर्नेमा जोड दिए। 

मन्त्री शाहीले भने, ‘यीलगायत विविध समस्या छन्, यसमा के–कस्ता उपायहरू अवलम्बन गरी वनको संरक्षण र काठको सदुपयोग बढाउन सकिन्छ भनेर यो गोष्ठीमा छलफल होस् र निष्कर्ष निस्कियोस् ।’

उनले सङ्घीय शासन प्रणालीअनुसार वन व्यवस्थापनको प्रमुख जिम्मेवारी प्रदेश तहमा पुगेको भए पनि समग्र नीति निर्माण, प्राविधिक मापदण्ड निर्धारण र अन्तरसरकारी समन्वय भने सङ्घीय सरकारको दायित्व भएको उल्लेख गरे । 

मन्त्री शाहीले गोष्ठीले विगतका उपलब्धिहरूको समीक्षा गर्दै वर्तमान चुनौतीहरूमा गहिरो छलफल गर्ने अपेक्षा गरे।

‘यसका साथै दिगो वन व्यवस्थापन, स्थानीय समुदायको सक्रिय सहभागिता, वन पैदावारको आन्तरिक उत्पादन वृद्धि गरी काठ तथा फर्निचरको आयात प्रतिस्थापन गर्ने उपायबारे छलफल आवश्यक छ’, उनले भने, ‘गोष्ठीले सबै नागरिकले वन पैदावार उपयोग गर्न सक्ने पहुँच सुनिश्चित गर्ने उपाय तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मार्गदर्शन गर्नेगरी निष्कर्ष निकाल्ने अपेक्षा गरेको छु ।’

वन क्षेत्रको जमिन अन्य प्रयोजनका लागि प्रयोग गर्न पर्दा सम्भव भएसम्म वैकल्पिक उपाय अपनाउनुपर्ने र यसमा विकास र वातावरण सन्तुलनको सिद्धान्त पालना गर्दै प्रदेश सरकार तथा डिभिजनल वन कार्यालयले सहजीकरण गर्नुपर्ने मन्त्री शाहीको जोड थियो । 
 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : १० बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ