गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव  « Khabarhub

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव 


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गोरखा– प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा लाख रोट महोत्सव सुरु भएको छ । विश्व शान्तिको कामनासहित सिद्धाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित २२औँ सवा लाख रोट महोत्सव सुरु भएको हो ।

रोटलाई गुरु गोरखानाथको मन पर्ने खाद्य परिकारका रूपमा लिइन्छ । एघार दिनसम्म चल्ने महोत्सवको उद्‌घाटन कार्यक्रमका अवसरमा सदरमुकामको हरमटारी चोकबाट गोरखा दरबारस्थित गोरखानाथ गुफासम्म कलश तथा रथयात्रा निकालिएको सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए ।

 ‘ मन्दिरमा दैनिक रूपमा रोट चढाउने प्रचलन रहे पनि विगत २२ वर्षदेखि यसलाई महोत्सवका रूपमा अगाडि बढाउन थालिएको छ । महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने गरिन्छ’, उनले भने ।

गोरखनाथ पहिलोपटक गोरखाको पवित्रस्थल गोरखानाथ गुफामा प्रकट भएको विश्वास रहेको छ । सोही विश्वासका साथ मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको हो । चामलको पीठो, नरिवल, ल्वाङ, अलैँची, चिनीलगायत ५२ प्रकारका मसला घ्यूमा मिसाएर पकाइन्छ । 

तत्कालीन नेपाल एकीकरणका समयमा पृथ्वीनारायण शाहले आफ्ना सेनालाई प्रसादका रूपमा एउटा रोट, एकमाना पानी खुवाएपछि  भोक नलागेको र लामो समय लडाइँ लड्न सकेको भन्ने भनाइसमेत रहेको छ । यसैले रोटलाई शक्‍तिवर्धक खाद्य परिकारका रूपमा पनि लिने गरिएको छ ।

संयोजक अकेलाका अनुसार यहाँ महोत्सवमा आउने धार्मिक पर्यटकका लागि आयोजकले नै खाने, बस्ने व्यवस्था मिलाएको छ । यसपटक ५० हजारभन्दा बढी धार्मिक पर्यटक महोत्सवमा सहभागी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : २१ बजे

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी– प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा

‘लेबनानी सेनाको क्षमता सुदृढ गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य’

एजेन्सी- संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले लेबनानी

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौं– काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका