राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ | Khabarhub Khabarhub

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन गर्दै पछिल्ला दिनहरूमा देशवासीले देखाएको सामर्थ्य र धैर्यको प्रशंसा गरेका छन् ।

उनले ‘अपरेशन सिन्दूर’ मा साहस देखाउने भारतीय सेनाको उच्च सम्मान गर्दै यो सफलता देशका आमाबुबा, दिदीबहिनीलाई समर्पित रहेको पनि बताए।

प्रधानमन्त्री मोदीले २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाले सम्पूर्ण भारत र विश्वलाई हल्लाएको बताए। उनले निर्दोष नागरिकलाई धर्मका आधारमा क्रूरतापूर्वक हत्या गर्नु आतंकको घिनलाग्दो रूप भएको पनि बताए।

देशका सबै वर्ग र राजनीतिक दलहरू मिलेर कडा कारबाहीको माग गरेका उनले स्मरण गरे । त्यसपछि सुरक्षाफौजलाई कारबाहीका लागि पूर्ण स्वतन्त्रता दिइएको पनि उनले उल्लेख गरे ।

‘आज प्रत्येक आतंककारीले बुझिसकेको छ कि भारतका छोरी(बहिनीहरूको सिन्दूर मेटाउनेहरूको अन्त्य निश्चित छ,’ प्रधानमन्त्री मोदीले चेतावनी दिँदै भने।’अपरेसन सिन्दूर’ ले नयाँ मानक बनायो ।

प्रधानमन्त्री मोदीले ६ मे राति र ७ मे बिहान भारतीय सेनाले पाकिस्तानस्थित आतंकवादी शिविरहरूमा सटीक आक्रमण गरेको जिकिर पनि गरे । बहावलपुर र मुरिद्के जस्ता आतंकवादका केन्द्रहरू ध्वस्त पारिएको उनको दाबी छ ।

‘त्यस कारबाहीमा १०० भन्दा बढी कुख्यात आतंककारीहरू मारिएका छन्, जसमध्ये दशकौंसम्म पाकिस्तानमा खुलेआम घुम्ने शीर्ष आतंकवादी नेता पनि छन्,’ उनले भने ।

पाकिस्तानको दुस्साहसलाई भारतको जवाफ

प्रधानमन्त्री मोदीले भारतको कारबाहीबाट पाकिस्तानलाई नराम्रोसँग झस्काएको पनि बताएका छन् । उक्त कारबाहीपछि पाकिस्तानी सेनाले भारतका विद्यालय, मन्दिर र नागरिकहरूको बसोबास रहेको क्षेत्रमा आक्रमण गर्ने दुस्साहस गरेको जिकिर गरे । उनले भारतको वायु प्रतिरक्षा प्रणालीले पाकिस्तानका ड्रोन र मिसाइलहरू आकाशमै ध्वस्त पारिदिएको दाबी भारतीय सञ्चारमाध्यमको शैलीमा गरे।

‘तीन दिनमै भारतले पाकिस्तानलाई यति ठूलो क्षति पुर्‍यायो कि उनीहरू विश्वसमक्ष तनाव कम गरिदिन हारगुहार गर्न थाले,’प्रधानमन्त्री मोदीले भने।

१० मे मा पाकिस्तानले सम्पर्क गरी भविष्यमा आतंकवाद वा सैन्य दुस्साहस नगर्ने आश्वासन दिएपछि भारतले आफ्ना कारबाहीहरू रोक्ने निर्णय गरेको पनि उनले बताए।

आतंकविरुद्धको नीति स्पष्ट : मोदीले के-के घोषणा गरे ?
१. भारतमाथि आतंकवादी हमला भएमा कडा जवाफ दिइनेछ।
२.आणविक धम्कीको आवरणमा आतंकवाद सह्य हुने छैन।
३.आतंकको संरक्षक सरकार र आतंककारीबीच कुनै भिन्नता मानिने छैन।
४. ‘अपरेसन सिन्दूर’ले नयाँ मानक तय गरेको छ। अब आतंक र वार्ता सँगै हुन सक्दैन । आतंक र व्यापार सँगै चल्न सक्दैन । रगत र पानी सँगै बग्न सक्दैन।

विश्व समुदायलाई सन्देश

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई पनि चेतावनी दिए ।’यदि पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल आतंकवाद र पाकिस्तान-अधिकृत कश्मीर (पीओके) माथि मात्र हुनेछु,’ उनले भने ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १० : ५५ बजे

मधेशमा सात दलको आक्रोश : पुलिसलाई धक्का-मुक्का, कर्मचारीलाई कुटे, गमला फुटाए, राष्ट्रिय झण्डा पनि फ्याँके

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्री

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप

अमेरिकी सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

एजेन्सी– अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा

उन्नत जातका धानखेतीतर्फ आकर्षण किसान 

गलेश्वर– गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

बैतडी–  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ ।