केटी पेरी र ओरलान्डो ब्लुमको सम्बन्ध लिभिङमै अन्त्य हुन लागेको चर्चा « Khabarhub

केटी पेरी र ओरलान्डो ब्लुमको सम्बन्ध लिभिङमै अन्त्य हुन लागेको चर्चा


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउड गायिका केटी पेरी र नायक ओरलान्डो ब्लुमको सम्बन्धमा चिसो पसेको खबर बाहिरिएको छ ।

लिभिङमा बसेर एक सन्तानको अभिभावक बनेको यो जोडीको सम्बन्ध अन्त्य हुन लागेको विदेशी मिडियाहरु न्युवर्क पोस्टलगायतले समाचार बनाएका छन् ।

केटी एकल संगीतिक टूर ‘लाइफटाइम’ लिएर हाल अस्ट्रेलियामा छन् । उनी अमेरिका फर्किएपछि अलग हुने तयारीमा रहेको बुझिएको छ ।

अप्रिलबाट सुरु भएको उनको यो टुर डिसेम्बरमा अन्त्य हुनेछ ।

केटी यही टुरमा अन्तर्गत विभिन्न देशमा पुगिरहेकी छन् । केही शोहरुमा उनका श्रीमान् ओरलान्डो पनि देखिएका थिए । यद्यपि उनी यो टुरको हिस्सा होइनन् ।

उनीहरुको सम्बन्ध बिग्रिएको कारणबारे कुनै तथ्य बाहिर आएको छैन । दुवै यस विषयमा मौन छन् । स्रोतको दाबी गर्दै उनीहरुको दूरी टाढा बनेको ती समाचारमा उल्लेख छ ।

यो जोडीले सन् २०१९ मा इन्गेजमेन्ट गरेका थिए । उनीहरुले विवाह गरेका छैनन् ।

सामाजिक सञ्जालमा यो जोडीले प्रचारका लागि सम्बन्ध बिग्रिएको हल्ला फैलाएको चर्चा पनि भएको छ ।

गत सेप्टेम्बरमा केटीको एल्मब ֹ‘१४३’ सार्वजनिक भएको थियो । यही एल्बमलाई लिएर उनी टुरमा निस्किएकी हुन् ।

सोही कारण टुर र एल्बमप्रति पब्लिकको आकर्षण लिन यो नाटक रचिएको चर्चा छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ४१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित