केटी पेरी र ओरलान्डो ब्लुमको सम्बन्ध लिभिङमै अन्त्य हुन लागेको चर्चा « Khabarhub

केटी पेरी र ओरलान्डो ब्लुमको सम्बन्ध लिभिङमै अन्त्य हुन लागेको चर्चा


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउड गायिका केटी पेरी र नायक ओरलान्डो ब्लुमको सम्बन्धमा चिसो पसेको खबर बाहिरिएको छ ।

लिभिङमा बसेर एक सन्तानको अभिभावक बनेको यो जोडीको सम्बन्ध अन्त्य हुन लागेको विदेशी मिडियाहरु न्युवर्क पोस्टलगायतले समाचार बनाएका छन् ।

केटी एकल संगीतिक टूर ‘लाइफटाइम’ लिएर हाल अस्ट्रेलियामा छन् । उनी अमेरिका फर्किएपछि अलग हुने तयारीमा रहेको बुझिएको छ ।

अप्रिलबाट सुरु भएको उनको यो टुर डिसेम्बरमा अन्त्य हुनेछ ।

केटी यही टुरमा अन्तर्गत विभिन्न देशमा पुगिरहेकी छन् । केही शोहरुमा उनका श्रीमान् ओरलान्डो पनि देखिएका थिए । यद्यपि उनी यो टुरको हिस्सा होइनन् ।

उनीहरुको सम्बन्ध बिग्रिएको कारणबारे कुनै तथ्य बाहिर आएको छैन । दुवै यस विषयमा मौन छन् । स्रोतको दाबी गर्दै उनीहरुको दूरी टाढा बनेको ती समाचारमा उल्लेख छ ।

यो जोडीले सन् २०१९ मा इन्गेजमेन्ट गरेका थिए । उनीहरुले विवाह गरेका छैनन् ।

सामाजिक सञ्जालमा यो जोडीले प्रचारका लागि सम्बन्ध बिग्रिएको हल्ला फैलाएको चर्चा पनि भएको छ ।

गत सेप्टेम्बरमा केटीको एल्मब ֹ‘१४३’ सार्वजनिक भएको थियो । यही एल्बमलाई लिएर उनी टुरमा निस्किएकी हुन् ।

सोही कारण टुर र एल्बमप्रति पब्लिकको आकर्षण लिन यो नाटक रचिएको चर्चा छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ४१ बजे

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता