आँप कसरी खाने ? चिकित्सा विज्ञान र आयुर्वेदका आ-आफ्नै तर्क « Khabarhub

आँप कसरी खाने ? चिकित्सा विज्ञान र आयुर्वेदका आ-आफ्नै तर्क


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आँप, फलफूलको राजा । काँचो र पाकेको आँप खानुमा आ-आफ्नै स्वाद छ । आँप प्रेमीका आँप खाने आ-आफ्नै काइदा हुन्छन् । काँचो आँप नून खोर्सानीसँग साँधेर ट्वाक्क पारेर खानुमा आफ्नै मजा छ । काँचो आँपलाई सुकाएर अचार बनाएर खानु पनि पारखीको अर्को काइदा हो । पाकेको आँपको जोकोही ‘फ्यान’ हुन्छन् ।

पछिल्लो समय आँपका धेरै परिकार बनाउने चलन बढ्दै गएको छ । अचार सँगसँगै दहीमा मिसाएर लस्सी, दूधमा मिलाएर सेक, जुस, सलाद, जामलगायतका फरक फरक परिकार बनाएर खाने चलन चलेको छ । त्यतिमात्र होइन कतिपयले आँपलाई भात, रोटीलगायत खानेकुराका साथमा खाने गर्दछन् । अहिले आँपको सिजन चलिरहेको छ ।

आँप र आयुर्वेद !

आयुर्वेदमा आँपसँगै के खान हुने र के खान नहुने भनिएको छ । दूध र आँपसँगै खानु आयुर्वेदमा वर्जित छ । आयुर्वेदका अनुसार दूध र आँपसँगै खानु स्वास्थ्यका लागि हानिकारक भनिएको छ ।

आँपमा प्राकृतिक चिनी र फाइबरको मात्रा धेरै हुन्छ । दूध जनावरबाट पाइने पदार्थ भएकाले सँगै सेवन गर्दा पाचन प्रणालीमा समस्या निम्तिने आयुर्वेदमा भनिएको छ । तर चिकित्सा विज्ञानमा भने आँपलाई दूधसँग नखाने, दहीसँग नखाने भन्ने विषयमा त्यस्तो ठोस आधार केही छैन ।

पोषणविद् विनिता पन्त भन्छिन्, ‘आँपलगायत केही फलफूलमा दूध मिसाउँदा विषाक्त बन्ने आयुर्वेदले चेतावनी दिएको छ । तर पछिल्लो समय हामी मिल्क सेक, लस्सीलगायतका परिकार बनाएर खाइरहेका हुन्छौँ । पोषणका हिसाबले धेरै मात्रामा खाँदा बान्ता हुने झडापखाला लाग्नेजस्ता समस्या देखिने गरेका छन् । तर दूध, दहीसँग आँप खानै हुँदैन भन्ने चाहिँ होइन’, उनी भन्छिन् । धेरै मात्रामा क्यालोरी पाइने फल भएकाले कतिलाई आँप मात्रै होइन लिची पनि नपच्ने उनको भनाइ छ ।

आँप कसरी खाने ?

पोषणविद्हरूले फलफूल ‘डाइट प्लान’ मा फलफूल मात्रै खाने सल्लाह दिन्छन् । फलफूलका लागि १२ बजेको समय राखिएको छ भने त्यो समयमा फलफूल मात्रै खाने । अरु केही पनि नखाने । अरु खानेकुरासँगै खाँदा त्यसले असर गर्छ । फलफूललाई लस्सी या जुस बनाएर जसरी खाए पनि फलफूल मात्रै खाने गर्दा राम्रो हुन्छ ।

पोषणविद् विनिता पन्त भन्छिन्– ‘तराई भेगमा आँप र चिउरा खाने चलन छ । दुवैमा कार्बोहाड्रेड हुने भएकाले दूध, भातसँगै आँप खाँदा सजिलै पच्छ । तर आफूमा अन्य कुनै स्वास्थ्य समस्या छ भने आँप मात्रै होइन अन्य खानेकुरा दाल, आलु, मासुलगायतका खानेकुराको पनि एलर्जी हुनसक्छ ।

आँपले छालामा असर गर्दैन ?
आयुर्वेदअनुसार ‘दूध र आँपसँगै खाँदा छालामा बिबिरा आउने, दाग बस्ने, एलर्जी हुनेजस्ता समस्या देखिन्छन् ।’ तर त्यो सबैमा लागू नहुने पोषणविद्को भनाइ छ ।

‘कुनै व्यक्तिको शरीरको प्रकृति कस्तो छ ? इम्युनिटी पावर कति छ ? भन्ने कुरामा निर्भर रहने पोषणविद् पन्त बताउँछिन् ।

दूध र आँपसँगै खाएकै कारणले त्यस्तो कुनै समस्या नदेखिने उनको दाबी छ । आँपको चोप लागेर वा अहिलेको विषादीयुक्त आँप खाँदा मुख पाक्ने शरीरमा बिबिरा आउने कुरा छुट्टै भयो । तर गाउँघरमै पाइने आँपहरू समय मिलाएर ठिक्क मात्रामा खाँदा फाइदा नै गर्ने पोषणविद् पन्तको भनाइ छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : ३२ बजे

आज देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

एमालेको ११औँ महाधिवेशन आजदेखि, २२ सय बढी प्रतिनिधि सहभागी हुँदै

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनआजदेखि सुरु हुँदैछ । महाधिवेशनको

सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ? कसले जित्ला एनपीएल ?

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलकोे फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि

२०८२ साल मंसिर २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २७ गते शनिबार तदनुसार