आज २०८२ साल जेठ २९ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल जेठ २९ गते बिहीबारको राशिफल


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ २९ गते बिहीबार। असार कृष्ण पक्षको प्रतिपदा तिथि। विश्व बालश्रम विरुद्ध दिवस। तदनुसार सन् २०२५ जुन १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आज सुरुवात गरेको काम दीर्घकालसम्म रहनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण लाभ हुनेछ। व्यापारमा गरेको लगानीबाट गुम्न लागेको धन उठ्नेछ।

वृष : तपाईंका लागि आजको दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ।

मिथुन : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कर्कट : तपाईंको बोलीका कारण आफन्त टाढिने जोखिम छ। सहकर्मीसँग नम्र भएर प्रस्तुत हुनुपर्ने छ। कृषि क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा मनमुटाव हुनेछ।

सिंह : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवारको छायामा कमजोर भएर बस्नुपर्ने बाध्यता आइपर्न सक्छ। धार्मिक कार्यमा सहभागी भएर दैनिक कामको सुरुवात गर्नु उचित हुनेछ।

कन्या : सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने खतरा छ। खानपानमा समस्या हुनेछ। एकपछि अर्को व्यवहारिक बोझ थपिने जोखिम छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने छ।

तुला : बन्धुसँगको सहकार्यले दैनिकी सहज बन्नेछ। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ। विपक्षी साथी शान्त भएकाले काम गर्न सहज वातावरण बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। सम्पत्तिका स्रोत फेला पर्नेछन्। नयाँ व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारको साथमा रमाइलो घुमघामको तय हुनेछ। शिक्षा क्षेत्रको लगानीमा हिम्मत गर्नु उचित हुनेछ।

धनु : आफ्नै राशिमा चन्द्रमा पुगेकाले दिन रमाइलो बन्नेछ। शनिदेव प्रतिकुल रहेकाले राजनीतिमा सचेत बन्नुपर्ने छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : आज अनावश्यक क्षेत्रमा धन खर्च हुनेछ। स्वास्थ्यले साथ दिनाले मन भने शान्त बन्नेछ। दाजुभाइसाँग झगडा हुने जोखिम छ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। ११ औं स्थानमा चन्द्रमा भएकाले मिठो खान पाइने छ। शनिदेव प्रतिकुल हुने व्यक्तिले धार्मिक कार्यमा सहभागी भएर काम गर्नुपर्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : तपाईंको बोलीका कारण साथी टाढा हुनेछ। सत्यको पक्षमा निष्पक्ष बनेर बोल्नुपर्ने छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ५ : ०१ बजे

एमाले केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं – जेनजी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन

काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क

बैंकहरूले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम

मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन

मुस्ताङ– मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ ।