बिहीबार भगवान विष्णुको पूजा | Khabarhub Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ २९ गते बिहीबार। असार कृष्ण पक्षको प्रतिपदा तिथि। विश्व बालश्रम विरुद्ध दिवस। तदनुसार सन् २०२५ जुन १२ तारिख।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ५ : १५ बजे

मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री

काठमाडौं– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा

तनहुँको नयाँ सहर आयोजना : २० किलोमिटर सडक कालोपत्र

तनहुँ– नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक

नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज