लस एन्जलसमा कर्फ्यु : ट्रम्प प्रशासनले गर्‍यो चार सयलाई गिरफ्तार | Khabarhub Khabarhub

लस एन्जलसमा कर्फ्यु : ट्रम्प प्रशासनले गर्‍यो चार सयलाई गिरफ्तार


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – धेरै दिनको विरोध प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा कर्फ्यु लगाइएको पहिलो रातमा नै चार सय जना गिरफ्तार भएका छन्।

यसरी गिरफ्तार भएका मध्य तीन सय ३० जना कागजात नभएका आप्रवासी छन्। अन्य एक सय ७० जनालाई तोडफोडका कारण गिरफ्तार गरिएको ट्रम्प प्रशासनले जनाएको छ।

प्रहरी अधिकारीको ज्यान लिने प्रयास गरिएको आरोपमा पनि गिरफ्तार गरिएको छ। दुई भिन्न घटनामा प्रहरी अधिकारीमाथि विस्फोटक ककटेल प्रहार गरिएको आरोपमा पनि दुई जनालाई गिरफ्तार गरिएको हो।

प्रदर्शनपछिको वातावरणलाई नियन्त्रणमा लिन चार हजार राष्ट्रिय सुरक्षा गार्ड र चार सय समुद्री सेना तैनाथ गरिएको थियो। लस एन्जलसकी मेयर कारेन बासले राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण स्थिति असहज बनेको बताएकी छिन्। उनले शान्त रहेको सहरमा शुक्रबार आप्रवासी धरपकड सुरु गरेर अशान्त बनाएको आरोप लगाएकी हुन्।

बासले मंगलबार शहरमा व्यापार नै प्रभावित भएका कारण कर्फ्यु घोषणा गरेकी थिइन्। प्रहरी प्रमुख जिम म्याक डोनाल्डले केही स्थानमा असामान्य अवस्था आइसकेको बताएका थिए। अमेरिकी महान्यायाधिवक्ता पाम वियोन्डीले ह्वाइट हाउसमा बोल्दै यस असहज अवस्थालाई हटाउन कर्फ्युले धेरै सहयोग गरेको बताए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड तथा समुद्री सेना तैनाथ गर्ने निर्णयलाई गेभिन न्युसमले प्रजातन्त्र माथिको प्रहार भनेका छन्।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ५ : ४१ बजे

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक

राँझा – बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले