राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीबाट ओहोदाको प्रमाणपत्र पेस « Khabarhub

राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीबाट ओहोदाको प्रमाणपत्र पेस


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

वाशिङ्गटन डिसी– अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा बुधबार आयोजित एक समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेको नेपाली नियोगले जनाएको छ ।

कार्यक्रममा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपाली नागरिकका तर्फबाट राष्ट्रपति ट्रम्पको सुस्वास्थ्य, खुसी र सफल कार्यकालको कामना गरेका थिए ।

राजदूत रेग्मीले नेपाल र अमेरिकाबीचको द्विपक्षीय र पारस्परिक सम्बन्ध निरन्तर वृद्धि र मजबुत हुने विश्वास व्यक्त गरे ।

उनले अमेरिकाले सामाजिक, आर्थिकलगायत नेपालका विकास प्राथमिकतामा पुर्‍याउँदै आएको सहयोगका लागि आभारसमेत व्यक्त गरे ।

राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई अमेरिकामा स्वागत गर्दै नयाँ दायित्व बहन गरेकोमा बधाई ज्ञापन गरेका थिए । उनले अमेरिकी सरकार दुई देशबीच सामूहिक चासोका साथ सहकार्यमार्फत सुमधुर र पारस्परिक सम्बन्ध थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : १३ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा