अनेरास्ववियुमा चरम गुटबन्दी, सरकारी टोली नै दुई गुटमा विभाजित « Khabarhub

अनेरास्ववियुमा चरम गुटबन्दी, सरकारी टोली नै दुई गुटमा विभाजित


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ राष्ट्रिय महाधिवेशन गत आइतबारदेखि काठमाडौंमा चलिरहेको छ ।

नयाँ नेतृत्व चयनका लागि बुधबार नै हुनुपर्ने मतदान प्राविधिक कारणले आज (बिहीबार) हुँदैछ ।

गत मङ्गलबार बन्दसत्र हलमा हाइकमाण्डका प्रमुख भानुभक्त ढकालले सर्वसम्मत गरौँ भन्दै अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, महासचिवमा दीपक धामीको नाम हलमा प्रस्तुत गर्नासाथ हलले अस्वीकार गर्दै निर्वाचनको माग गरेर नाराबाजी गरेपछि हाइकमाण्ड निर्वाचन गर्न बाध्य भएको हो ।

मङ्गलबार बेलुका ६ बजेपछि उम्मेदवारी दर्ता सुरु भएको थियो । निर्वाचन कार्यतालिका अनुसार बुधबार मध्याह्न पछि निर्वाचन हुने कार्यतालिका थियो । तर पार्टीको हाइकमाण्डले चार पदाधिकारी सर्वसम्मत गराउने र सकेसम्म गलाउने नीति लिएको थियो । तर अध्यक्षका प्रत्यासी प्रकाश पौडेलले अडान नछोडेपछि बिहीबार निर्वाचन तय भएको हो ।

अहिलेको निर्वाचन बालुवाटार विरुद्ध भंगाल देखिएको छ । अर्थात एमाले पार्टी अध्यक्ष केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ।

सरकारी टोली दुई गुटमा विभाजित 
सरकारी टोलीले अध्यक्षमा सुजन कडरिया, महासचिवमा दीपक धामी र उपाध्यक्षमा अञ्जना शिवाकोटीको लिस्ट सार्वजनिक गरेको छ । तर अर्का उपाध्यक्षमा भने नरेश रोकायाको टिमले विकास श्रेष्ठलाई बोकेको छ । गोविन्द गिरी र नारायण घर्तीको टिमले राजकुमार ढकाललाई बोकेका छन् । निर्वाचन मण्डलका एक सदस्यले ‘सरकारी टोलीमा व्यापक अन्तरघात हुन सक्ने आशङ्का’ व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ३६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ