अनेरास्ववियुमा चरम गुटबन्दी, सरकारी टोली नै दुई गुटमा विभाजित « Khabarhub

अनेरास्ववियुमा चरम गुटबन्दी, सरकारी टोली नै दुई गुटमा विभाजित


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ राष्ट्रिय महाधिवेशन गत आइतबारदेखि काठमाडौंमा चलिरहेको छ ।

नयाँ नेतृत्व चयनका लागि बुधबार नै हुनुपर्ने मतदान प्राविधिक कारणले आज (बिहीबार) हुँदैछ ।

गत मङ्गलबार बन्दसत्र हलमा हाइकमाण्डका प्रमुख भानुभक्त ढकालले सर्वसम्मत गरौँ भन्दै अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, महासचिवमा दीपक धामीको नाम हलमा प्रस्तुत गर्नासाथ हलले अस्वीकार गर्दै निर्वाचनको माग गरेर नाराबाजी गरेपछि हाइकमाण्ड निर्वाचन गर्न बाध्य भएको हो ।

मङ्गलबार बेलुका ६ बजेपछि उम्मेदवारी दर्ता सुरु भएको थियो । निर्वाचन कार्यतालिका अनुसार बुधबार मध्याह्न पछि निर्वाचन हुने कार्यतालिका थियो । तर पार्टीको हाइकमाण्डले चार पदाधिकारी सर्वसम्मत गराउने र सकेसम्म गलाउने नीति लिएको थियो । तर अध्यक्षका प्रत्यासी प्रकाश पौडेलले अडान नछोडेपछि बिहीबार निर्वाचन तय भएको हो ।

अहिलेको निर्वाचन बालुवाटार विरुद्ध भंगाल देखिएको छ । अर्थात एमाले पार्टी अध्यक्ष केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ।

सरकारी टोली दुई गुटमा विभाजित 
सरकारी टोलीले अध्यक्षमा सुजन कडरिया, महासचिवमा दीपक धामी र उपाध्यक्षमा अञ्जना शिवाकोटीको लिस्ट सार्वजनिक गरेको छ । तर अर्का उपाध्यक्षमा भने नरेश रोकायाको टिमले विकास श्रेष्ठलाई बोकेको छ । गोविन्द गिरी र नारायण घर्तीको टिमले राजकुमार ढकाललाई बोकेका छन् । निर्वाचन मण्डलका एक सदस्यले ‘सरकारी टोलीमा व्यापक अन्तरघात हुन सक्ने आशङ्का’ व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ३६ बजे

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता