राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण « Khabarhub

राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ–  प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागलुङ नगरपालिकाका ५३ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ ।

कार्यक्रमअन्तर्गत पालिकासँगको बजेट साझेदारीमा पदमार्ग र सिँचाइ पोखरी निर्माण तथा सडक ‘सोलिङ’ गरिएको छ ।

नगरपालिकामा गत आर्थिक वर्षमा सूचीकृत २३८ जना बेरोजगारीमध्येबाट चयन भएका उनीहरूले ३७ लाख ज्याला तथा १८ लाख ५० हजारको निर्माण सामग्रीबाट एक हजार ४०० मिटर पक्की पदमार्ग तथा चार  सिँचाइ पोखरी र ३५० मिटर सडक सोलिङ गरेका हुन् ।

बागलुङ नगरपालिकाका रोजगार संयोजक रामचन्द्र गौतमका अनुसार यस वर्ष ६ योजनाबाट तीन वटा सिँचाइ पोखरी, चार स्थानमा पदमार्ग ढलान तथा एक स्थानको सडक सोलिङ गरिएको छ ।

नगरपालिका– ३ स्थित मध्यपहाडी लोकमार्गबाट तातोपानी जाने २५० मिटर पदमार्ग ढलान र कदमको बोट सिँचाइ पोखरी निर्माण भएको छ ।

बागलुङ नगरपालिका– ५ मालिकाको ठूलाखोलादेखि बाँघबोटे मालिकाको २५० मिटर पदमार्ग ढलान तथा मौरीभिर, आँटीघर र पल्ला खोरियामा पोखरी निर्माण गरिएको थियो ।

साथै नगरपालिका– ८ को ओख्रेनी चितेपानी देउपुजा कोट मन्दिरसम्मको ४५० मिटर पदमार्ग ढलान गरिएको छ । (रासस) 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १० : ५१ बजे

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

रास्वपाले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र