स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिन्छ : अर्थमन्त्री « Khabarhub

स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिन्छ : अर्थमन्त्री


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा भएका स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिने बताएका छन् ।  

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले नेपालमा अथाह प्राकृतिक स्रोतहरू रहेको भन्दै त्यसलाई सदुपयोग गर्दै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका हुन् । वनस्पति, वन्यजन्तु र जलश्रोतको हिसाबले नेपाल निकै अघि रहेको उल्लेख गर्दै उनले त्यसको उचित सदुपयोगमा जोड दिए ।

५० वर्षको आन्तरिक आवश्यकता पूर्ति गर्न सक्ने तेल र ग्याँसको भण्डारका साथै युरेनियमको खानी समेत नेपालमा रहे पनि अध्ययन हुन नसक्दा मुलुक सदैव पछि परेको उनले बताए ।

पौडेलले प्राकृतिक स्रोत र जनशक्तिको सही ढंगले सदुपयोग गर्ने गरी आवश्यक नीति सरकारले बनाउने उल्लेख गरे ।

साथै पौडेलले स्वदेशमै अवसर सिर्जना गर्न सही दृष्टिकोणको खाँचो रहेको पनि बताए  ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १ : ४० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले