९ अंकले घटेर बन्द भयो साताको अन्तिम शेयर बजार, कारोबारमा उछाल  « Khabarhub

९ अंकले घटेर बन्द भयो साताको अन्तिम शेयर बजार, कारोबारमा उछाल 


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार साताको अन्तिम शेयर बजार घटेर बन्द भएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ अंकले घटेको छ । नेप्से ०.३४ प्रतिशतले घटेर परिसूचक २६५५.३८ विन्दुमा झरेको छ । 

बिहीबार बजार घटे पनि कारोबारमा भने उछाल आएको छ । दिनभरमा १२ अर्ब ५१ करोड ५३ लाख ९ हजार रुपैयाँ बराबरको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता शेयर किनबेच भएको छ । 

बिहीबार ९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा  कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छैन । 
बिहीबार ३११ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ८९५ पटक शेयर किनबेच भएको छ । 

१३ वटा समूहमध्ये फाइनान्स, हाइड्रो, होटल तथा पर्यटन र म्युचुअल फण्ड समूह बाहेक अन्य सबै समूह घटेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ३ : ३४ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको