अहमदावादमा दुर्घटना भएको एअर इण्डियाको विमानमा थिए २ सय ४२ यात्रु « Khabarhub

अहमदावादमा दुर्घटना भएको एअर इण्डियाको विमानमा थिए २ सय ४२ यात्रु


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय ४२ जना यात्रु सवार थिए ।

लण्डनका लागि उडान भरेको बोइङ ७८७ ड्रिमलाइन विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअफ लगत्तै दुर्घटनामा परेको हो ।

अहिले उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनास्थलबाट सार्वजनिक तस्बिरमा धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । भारतीय टेलिभिजन एबीपीले उल्लेख गरेअनुसार विमानस्थलको बाउण्ड्रीमा कुनै भवन वा पर्खालमा ठोक्किएर विमान दुर्घटना भएको हुनसक्ने प्रारम्भीक आशंका गरिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  २ : ४३ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका