अहमदावादमा विमान दुर्घटनापछि बोइङको शेयरमा पहिरो « Khabarhub

अहमदावादमा विमान दुर्घटनापछि बोइङको शेयरमा पहिरो


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको अहमदावादमा एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा परेपछि बोइङको शेयर ओरालो लागेको छ । बिहीबार प्रिमार्केट कारोबारमा बोइङको शेयर १८ अंक अर्थात् ८.४१ प्रतिशत ओरालो लागेको हो ।

बिहीबार अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतको राजधानी लण्डनस्थित गट्विक विमानस्थलका लागि उडेको विमान दुर्घटनामा परेकाे थियो । विमानमा २ सय ४२ जना सवार रहेको जनाइएको छ ।

यसअघि पनि बोइङको जहाजमा अपनाइएको सुरक्षा व्यवस्था र गुणस्तरलाई लिएर प्रश्न उठ्दै आएको थियो ।

विशेषगरी अमेरिका बाहिरबाट पार्टपूर्जा लगेर जडान गरिँदा अर्डर अनुसार आपूर्तिमा पनि समस्या भएको थियो । त्यसो हुनुमा प्राविधिक कारण भनिएको थियो ।

यस विमानका विभिन्न भागमा गुणस्तरको कमी देखिएको थियो । जसका कारण यसअघि नै बोइङको यस विमानलाई लिएर सुरक्षा चिन्ताहरू उत्पन्न भएका थिए।

नियामक निकायहरूले पहिले नै सुरक्षा समस्या देखाएका थिए । नियामक निकायहरूले यस विमानमाथि अनुसन्धानसमेत गरेका थिए । उनीहरूले बोइङका उत्पादनप्रति प्रश्न पनि उठाएका थिए।

यही विवादका कारण बोइङलाई ठूलो क्षति पुगेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ०० बजे

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा