बाबुरामले भने- कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन भएन  | Khabarhub Khabarhub

बाबुरामले भने- कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन भएन 


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् । 

पार्टीको १० औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले तीन दलका नेताहरूले १० वर्षका कुर्सी साटासाट गर्ने बाहेक केही गर्न नसकेकाले देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन् ।

अहिले मुलुकमा सुशासन कायम हुन नसकेको बरु भ्रष्टाचारका चाङ उदाङ्गो हुन थालेको उनले बताए  । त्यस्तै भट्टराईले सत्तामा पुग्ने र आफ्नो भ्रष्टाचार लुकाउन विपक्षीलाई देखाउने प्रवृत्ति देखा परेको उल्लेख गरे ।

उनले मुलुकको अवस्था हेर्दा पुराना दलहरूबाट मुलुकको परिवर्तन नहुने देखाएको जिकिर गरे । आर्थिक विकास र समृद्धिका निम्ति मुखले ठूला कुरा गरेर मात्रै नहुने उनको भनाइ छ ।  

भट्टराईले सरकारले ल्याएको बजेटमा नयाँ कुनै पनि कुरा नरहेको टिप्पणी गरे । पार्टीको स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा सुशासन र समृद्धिका विषयमा छलफल कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिए ।

कार्यक्रममा पुराना नभई नयाँ वैकल्पिक शक्तिहरू र पुराना दलबाट विद्रोह गरेका नेताहरूलाई आमन्त्रित गरिएको भट्टराईले बताए । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ३६ बजे

फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौं – फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ।

यो इतिहास पढ्ने समय हो

पेशाले महेश पौडेल त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयका प्राध्यापक हुन् ।

नवरात्रको अन्तिम दिन महानवमीको महत्त्व

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीका लागि नवरात्र केवल नौ दिनको

मनसुनी र स्थानीय वायुको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन

काठमाडौं – दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज