३.८ गुणा बढी आवेदन परेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड’ बाँडफाँड « Khabarhub

३.८ गुणा बढी आवेदन परेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड’ बाँडफाँड


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९’ हरित ऊर्जा ऋणपत्रको बाँडफाँड भएको छ । बोन्डमा ३.८ गुणाभन्दा बढी आवेदन परेको थियो ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा उक्त बोन्ड बाँडफाँड भएको हो ।

पाँच अर्ब रुपैयाँ बराबरको हरित ऋणपत्रको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ । ऋणपत्रमा जेठ १८ देखि २५ सम्म आवेदन मागिएको थियो ।

सात वर्षको अवधि रही वार्षिक ६ प्रतिशत ब्याजदर भएको यो ऋणपत्र नेपालमै पहिलोपटक सार्वजनिक रूपमा जारी गरिएको हरित ऊर्जा ऋणपत्र हो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ५१ बजे

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र