सुटिङ सेटमा दुर्घटना भएपछि रोकियो राम चरणको फिल्मको छायाङ्कन « Khabarhub

सुटिङ सेटमा दुर्घटना भएपछि रोकियो राम चरणको फिल्मको छायाङ्कन


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायक राम चरणको फिल्म ‘द इन्डिया हाउस’को सुटिङ सेटमा दुर्घटना भएको छ । भारतको हैदराबादको छायाङ्कन स्थलमा दुर्घटना भएको हो ।

सुमुद्रको दृश्यका लागि जम्मा पारिएको पानी नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको भारतीय मिडिया टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

समुद्रको दृश्यका लागि जम्मा गरिएको पानी खोल्ने क्रममा यो दुर्घटना भएको हो । यस दुर्घटानमा केही प्राविधिकहरु घाइते भएका छन् भने सुटिङ सेट जलमग्न भएको छ ।

पानीमा डुबेर सेटमा रहेका क्यामेरा, लाइट र प्रप्सलगायतका सुटिङ सामाग्री बिग्रिएको छ । यसले करोडौंको क्षति पुगेको अनुमान गरिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार दुर्घटनामा एक सहायक कोरियोग्राफर र ड्राइभरहरु घाइते भएका छन् । उनीहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटानका कारणा हाललाई फिल्मको छायाङ्कन रोकिएको छ । सेट पुनर्निर्माण भएपछि पुन: छायाङ्कन सुरु गर्ने निर्माण पक्षले बताएको छ ।

दुर्घटनाको समयमा राम चरण र शीर्ष कलाकारहरु सेटमा अनुउपस्थित रहेको बुझिएको छ । यस फिल्मको निर्मातामध्ये एक नायक राम चरण पनि हुन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : ३६ बजे

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा नेपालको कुल

शंकर पोखरेलको दुई दलीय विचारले खायो हावा !

काठमाडौं– संसदीय राजनीतिमा सधैँ असफल मानिएका नेकपा (एमाले) का महासचिव

ट्राफिक स्वयंसेवक बने प्रहरी स्कुलका विद्यार्थी

चितवन– कक्षा १० को शैक्षिक गतिविधि सकिएपछि एसईई परीक्षाको तयारीमा

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले