सुटिङ सेटमा दुर्घटना भएपछि रोकियो राम चरणको फिल्मको छायाङ्कन « Khabarhub

सुटिङ सेटमा दुर्घटना भएपछि रोकियो राम चरणको फिल्मको छायाङ्कन


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायक राम चरणको फिल्म ‘द इन्डिया हाउस’को सुटिङ सेटमा दुर्घटना भएको छ । भारतको हैदराबादको छायाङ्कन स्थलमा दुर्घटना भएको हो ।

सुमुद्रको दृश्यका लागि जम्मा पारिएको पानी नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको भारतीय मिडिया टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

समुद्रको दृश्यका लागि जम्मा गरिएको पानी खोल्ने क्रममा यो दुर्घटना भएको हो । यस दुर्घटानमा केही प्राविधिकहरु घाइते भएका छन् भने सुटिङ सेट जलमग्न भएको छ ।

पानीमा डुबेर सेटमा रहेका क्यामेरा, लाइट र प्रप्सलगायतका सुटिङ सामाग्री बिग्रिएको छ । यसले करोडौंको क्षति पुगेको अनुमान गरिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार दुर्घटनामा एक सहायक कोरियोग्राफर र ड्राइभरहरु घाइते भएका छन् । उनीहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटानका कारणा हाललाई फिल्मको छायाङ्कन रोकिएको छ । सेट पुनर्निर्माण भएपछि पुन: छायाङ्कन सुरु गर्ने निर्माण पक्षले बताएको छ ।

दुर्घटनाको समयमा राम चरण र शीर्ष कलाकारहरु सेटमा अनुउपस्थित रहेको बुझिएको छ । यस फिल्मको निर्मातामध्ये एक नायक राम चरण पनि हुन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : ३६ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने