‘हामीले गृहमन्त्रीको राजीनामा मागेको होइन, छानबिन समिति खोजेको हो’ « Khabarhub

‘हामीले गृहमन्त्रीको राजीनामा मागेको होइन, छानबिन समिति खोजेको हो’


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षले भिजिट भिसा प्रकरणमा अध्ययन र छानबिन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका छन् । 

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले छानबिन गर्नुपर्ने आफूहरूको मागमा सत्तापक्षले सकारात्मक प्रतिबद्धता जनाएको जानकारी दिएका हुन् । 

उनले शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुने उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थप छलफल गर्नुपर्ने बताएपछि बिहीबारको सदन केहीबेर बसेर स्थगित गरिएको उनले बताए । 

प्रतिपक्षी दलहरुबीच पनि सकारात्मक कुराकानी भइरहेको उनको भनाइ छ । प्रचण्डले समिति बनाएपछि तत्काल छानविन सुरु हुने भन्दै अख्तियारसँग कुनै सरोकार नरहेको जिकिर गरे । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : ४८ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का