थप चार प्रदशेमा फैलियो मनसुन « Khabarhub

थप चार प्रदशेमा फैलियो मनसुन


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन आज थप चार प्रदेशमा फैलिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा र लुम्बिनी प्रदेशका थोरै भू–भागमा मनसुन फैलिएको जानकारी दिए ।

यसअघि यही जेठ १५ गते राति नेपालमा मनसुन भित्रिएको थियो । त्यसपछि मनसुन सोहोरिएर पूर्वी एसिया गएको थियो । कोशीबाट फैलिन नपाएको मनसुन आज भित्रिएको १४ दिनपछि अन्य चार प्रदेशमा फैलिएको हो ।

अन्य प्रदेशमा फैलिन अझै केही दिन लाग्ने उनले बताए । मनसुन भित्रिने सरदर मिति जुन १३ अर्थात् भोलि शुक्रबार हो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ९ : ०४ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का