जङ्गी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी « Khabarhub

जङ्गी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ नेपाली सेनाले ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’ सम्पन्न गरेको छ ।

जङ्गी अड्डामा आज प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा पाँचौँ संस्करणको एक दिवसीय ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी– २०८२’ सञ्चालन गरिएको हो ।

सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाले जोखिमसमेत बढाएको परीप्रेक्ष्यमा उक्त गोष्ठी सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

दुई चरणमा सञ्चालित गोष्ठीमा सरकारका विभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो ।

साइबर सुरक्षासम्बन्धी विषय विज्ञद्वारा प्रस्तुतीकरण गरिएको गोष्ठीमा सहभागीबीच अन्तरक्रिया तथा अभ्याससमेत सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ९ : ४७ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ