२० हजार घुस लिने नायव सुब्बा भ्रष्टाचारी ठहर, एक महिना कैद सजाय « Khabarhub

२० हजार घुस लिने नायव सुब्बा भ्रष्टाचारी ठहर, एक महिना कैद सजाय


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रशासन कार्यालयमा महोत्तरीका नायव सुब्बा अशोक कुमार यादव घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले यादवलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हाे ।

सवारी दुर्घटनामा मृत्यु भएपछि पाउनुपर्ने क्षतिपूर्तिको रकम फैसला गराई दिलाइदिने भन्दै २० हजार रुपैयाँ घुस लिएको अदालतले ठहर गरेको हो । न्यायाधीश राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गर्दै १ महिना कैद सजाय सुनाएको छ ।

गत मंसिर ७ गते अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले यादवले घुसवापत लिएको २० हजार रुपैयाँ रकमसहित उनलाई रंङ्गेहात पक्राउ गरेको थियो । उनी बस्ने कुर्सी मुनिबाट रकम बरामद गरिएकाे थियाे ।

अर्का आरोपी दिनेश प्रसाद साहको हकमा दावी पुष्टि हुने वस्तु निष्ट प्रमाण नभेटिएकाले अदालतले सफाई दिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १० : १८ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का