आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दल्ने तीन जना पक्राउ « Khabarhub

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दल्ने तीन जना पक्राउ


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

पर्सा– जिउँदै मानिसलाई इँट्टाभट्टामा हालेर मारेको प्रकरणका मुख्य दोषी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई उन्मुक्ति दिने उच्च अदालतका न्यायाधीश डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनलाई मोसो दलेको आरोपमा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)का केन्द्रीय सदयद्वय पदमबहादुर मगर र अविनाश कुँवर पक्राउ परेका छन्। त्यसैगरि पार्टीका सिराहा जिल्ला सदस्य गर्भु महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ।

जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका आलमलाई उन्मुक्ति दिने निर्णयमा संलग्न उच्च अदालत जनकपुरका न्यायाधीश थारूलाई बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) का कार्यकर्ताले बिहीबार दिउँसो मोसो दलिदिएका हुन् ।

नेकपा बहुमतका कार्यकर्ताले थारूमाथि बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका अर्का नेता विजयकुमार गच्छदारलाई समेत उन्मुक्ति दिएको आरोप लगाएका थिए ।

आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो । जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा गरेको जन्म कैदको फैसला उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले उल्ट्याइदिएका थिए ।

याे पनि…

आलमलाई सफाइ दिने उच्चका न्यायाधीश थारूलाई मोसो

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १० : ४८ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले