सिने ब्रिफ : ‘६१ लाख’को तनावमा केदार, विष्णु माझीको रेकर्ड दुर्गेशले तोडे « Khabarhub

सिने ब्रिफ : ‘६१ लाख’को तनावमा केदार, विष्णु माझीको रेकर्ड दुर्गेशले तोडे


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

हेडलाइन…
६१ लाख पारिश्रमिकको विवादले तनावमा ‘माग्ने बूढा’
दशैँपछि मेकरहरुको नजरमा रिलिज डेट फागुन १, ४ फिल्मले तोके प्रदर्शन मिति ।
चलचित्र विकास बोर्डको २५ हिट फिल्मको सूचीमा ‘लुट’ नपर्नुको कारण यस्तो
दुर्गेशको नयाँ गीत ‘जाने भए जाम माया’लाई युट्युबमा रेकर्ड ब्रेक भ्युज

पूरा भिडियो :

६१ लाख हल्लामा ‘माग्ने बूढा’को संलग्नता ?

कालकार केदार घिमिरे ‘माग्ने बूढा’ले आफूले फिल्म ‘माग्ने राजा’का लागि ६१ लाख पारिश्रमिक बुझेको झुटो भएको खुलासा गरेका छन् । दुई साताको चर्चापछि उनले उक्त कुरा झुटो भएको खुलाएका हुन् ।

गत असार ६ गते निर्माता मुनाल घिमिरेले केदारले उक्त रकम बराबरको पारिश्रमिक लिने गरी सम्झौता गरेको दाबी गरेका थिए । त्यस यताको १६ दिन केदार नेपाली फिल्मको महँगो कलाकारमा रुपमा हेरिए ।

कलमादीस्थित प्रज्ञा प्रतिष्ठानमा असार १ मा आयोजित पोस्टर सार्वजनिक कार्यक्रममा केदारको पारिश्रमिकको कुरा उठेको हो ।

पोस्टर सार्वजनिकको थिम अलि फरक थियो । पृष्ठभूमिको दरबार फेल्क्समा चित्रित थियो । माग्ने बूढा र उनी रहेको सिहासन वास्तविक थियो । यही कन्सेप्टमा पोस्टर सार्वजनिक भयो ।

सोहीकारण केदार क्यारेक्टरको गेटअपमा आएका थिए । क्यारेक्टरकै गेटअपमा सानो मनत्व्य दिएर केदार ड्रेस चेन्ज गर्न आफ्नो गाडी भएतिर लागे ।

त्यही क्रममा पत्रकारहरुले केदारको पारिश्रमिकबारे प्रश्न गरेका थिए । निर्माता मुनाल घिमिरेले प्रज्ञा प्रतिष्ठानलाई सरस्वतीको मन्दिर मानेर कसम खाँदै यस्तो भने, ‘५१ लाख दिइसेको छौं। बाँकी १० लाख दिन बाँकी छ ।’

त्यसपछि निर्देशक ऋषि लामिछाने हौसिएर ‘केदार १ करोड पारिश्रमिक पाउन योग्य’ कलाकार रहेको बताए ।

केदार ड्रेस चेन्ज गरेर आउँदा विषय करमा पुगेको थियो । सोही प्रश्न उनलाई सोधियो ।

उनले भने, ‘सबै पारिश्रमिक हात परेको छैन । पाएपछि कर तिर्छु ।’

कार्यक्रम पानी परेकाले छिटै सकियो । केदार गाडी चढेर गन्तव्यमा हुइकिए । अर्थात्, उनलाई मञ्चमा हुँदा ६० लाख पारिश्रमिकको बारे चर्चा भएको थाहै भएन ।

तर, उनी कार्यक्रमबाट निस्किएको केही समयमै ६० लाख पारिश्रमिकका बारेमा समाचारहरु बाहिरन थाले ।

पारिश्रमिकको विषयले केदारबारे नकारात्मक प्रतिक्रिया र टिप्पणी हुन थाले । यो रहन गाह्रो भएपछि केदार १६ दिनपछि पारिश्रमिक बारेको यथार्थ सार्वजनिक गरे ।

उनले भनेका छन्, ‘६० लाख पारिश्रमिक लिएको पुष्टि गर्नेलाई सोही रकम दिन्छु ।’

फिल्मको प्रचारका लागि निर्माता र निर्देशकलले आफ्नो पारिश्रमिकको फन्डा रचेको उनको स्पष्ट दाबी छ ।

पारिश्रमिकबारे नराम्रो कमेन्ट ओइरिन थालेपछि निर्माता र निर्देशकसँग ‘गलत प्रचार’को फन्डा उचित होइन भनेर कुरा राख्दा उनीहरुको जवाफबाट आफू चिन्तित रहेको केदार बताउँछन् ।

भन्छन्, ‘उहाँहरुले (निर्माता र निर्देशक)प्रचारको लागि हो चिन्ता नगर भन्नुभयो । उहाँहरुले मलाई भड्खालोमा हाल्न लाग्नुभयो ।’

अर्थात्, यो फन्डाले गर्दा केदारले अहिले यी निर्माता र निर्देशकसँग असुरक्षित महसुस गरेका छन् ।

अब प्रश्न उठ्छ– के ‘माग्ने राजा’ प्रचारका लागि पारिश्रमिकको झुटो फन्डा नै चलाउनै आवश्यक हो ? किन यो फिल्म प्रचारका लागि अरु कुनै सशक्त कन्टेन्ट छैनन् ?

अब यस्ता झुटा निर्माता र निर्देशकले ‘फिल्म राम्रो छ भनेर गरेको दाबी’ दर्शकले किन पत्याउने ? केलाई आधार मानेर दर्शक हलमा पुग्ने ?

यस्ता फन्डा फिल्मका लागि ब्याक फायर भए मात्रै राम्रो संस्कृति विकास हुन्छ । नत्र पाठक र दर्शक सधैं यसरी झुक्किरहनुपर्छ । यहीबाट मैले आम दर्शकलाई सचेत गराएँ ।

दुर्गेश : जसले तोडे रेकर्ड ?

मोडल तथा गायक दुर्गेश थापाले नयाँ गीत ‘जाने भए जाम माया’ले रेकर्ड ब्रेक भ्युज पाएको छ ।

यसले सार्वजनिक भएको सुरुवाती २४ घण्टामा १९ लाखभन्दा बढी भ्युज पाएको हो ।

यो नेपाली संगीतका लागि सामान्य भ्युज होइन । दुर्गेशले यसमार्फत गायिका विष्णु माझीको स्वर रहेको ‘आइनँ आमा यो तीजमा’ गीतले बनाएको रेकर्ड ब्रेक गरेका छन् ।

विष्णुमाझीको ‘आइनँ आमा यो तीजमा’ले २४ घण्टा १५ लाख भ्युज पार गर्दै थोरै समयमा धेरै हेरिएको गीत बनेको थियो ।
दुर्गेशले विष्णुमाझीको यो रकेर्ड पाँच लाखबढी भ्युजका साथ तोडेका हुन् ।

दुर्गेशको यो डान्सिङ गीत हो । गीतमा उनको स्वर कस्तो छ ? दर्शकै थाहै छ । गीतको बीचबीचमा डाइलग छ, ‘दुर्गेश नाम होइन ब्रान्ड हो ।’

यो डाइलग भारत फिल्मबाट आयतित हो । स्वर, सुरु, ताल जे जस्तो होस् । खुलम्खुला गीतमा भारतीय फिल्मको डाइलग हुबहु कपी गरेकै किन नहोस् । दिन बलेपछि चर्चामा आइने रहेछ । यसरी रकेर्ड ब्रेक पनि गरिदो रहेछ ।

विष्णुमाझीको रेकर्ड दुर्गेशले तोडे । भाष्य नै छ– भगवानले सबैलाई पालो दिन्छन् । अहिले दुर्गेशको पालो आएको छ ।

फागुन १ प्राइम डेट बन्यो : https://khabarhub.com/2025/09/817524/

‘लुट’ हिट फिल्मको सूचीमा नपर्नुको कारण : https://khabarhub.com/2025/07/816401/

गसिप

असोज ३ मै प्रदर्शनमा आउला त ‘सोल्टिनी’ ?
फिल्म ‘जारी २’ अहिले पोस्ट प्रोडक्सनमा छ । यसको छायाङ्कन सकिए लगत्तै कलाकारहरुले ‘दशैंमा भेटौंला’ भनेर स्ट्याटस राखेका थिए ।
अहिले यसको निर्माण टिम अहिले ‘जारी २’लाई असोज ३ मा प्रदर्शनमा आउने तयारीमा जुटेको गोप्य स्रोतबाट जानकारी मिलेको छ ।
‘जारी २’मा दयाहाङ राई, मिरुना मगर र विजय बराल शीर्ष भूमिकामा छन् । यो फिल्म ‘जारी’ सिक्वेल पनि हो । यसलाई राम्रो ओपनिङ गर्ने ल्याकत राख्ने फिल्मका रुपमा हेरिएको छ ।
अब यहाँ समस्या प्रकाश सपुत र नायिका परीक्षा लिम्बू स्टारर फिल्म ‘सोल्टीनी’लाई देखिन्छ । किनकी जारी असोज ३ मा प्रदर्शनमा आयो भने ‘सोल्टीनी’सँग बक्सअफिस भिडिन्त हुने देखिन्छ ।
‘जारी २’ असोज ३ मै आउला ग्यारेन्टी छैन । किनकी औपचारिक प्रदर्शन मिति घोषणा भएका कति फिल्म त त्यही दिन हलमा लाग्दैनन् ।
यदि असोज ३ मै जारी प्रदर्शनमा आएको अवस्थामा ‘सोल्टीनी’ चाहिँ पूर्व निर्धारित मितिमै असोज ३ बाट नभाग्ला भन्न सकिन्नँ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : ५९ बजे

नियन्त्रणमा आयो दाउरा थकालीको आगलागी, क्षतिको मूल्यांकन हुँदै (तस्बिरहरू)

काठमाडौं– ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौं– निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं

कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो

मान्म– कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको

ईरान–इजराइल युद्धका कारण चिनियाँ रिफाइनरीले सञ्चालन घटायो

यूएई- चीनको ठूलो रिफाइनरी कम्पनी झेजियाङ्ग पेट्रोकेमिकल कर्पले आफ्नो अपरेशन