आज २०८२ साल असार २८ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असार २८ गते शनिबारको राशिफल


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २८ गते शनिबार। साउन कृष्ण पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जुलाई १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। विदेशी रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुने योग छ। बन्धुको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। स्पष्ट बोल्नु उचित हुन्छ। दीर्घकालीन योजना बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने देखिन्छ।

मिथुन : दिन राम्रो छ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा समस्या हुँदा स्वास्थ्य बिग्रने खतरा छ। शिक्षामा प्रगति हुनेछ। दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। राजनीतिमा भने सेवाको अवसर मिल्नेछ।

कर्कट : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। दाम्पत्य जीवनमा फाइदा हुने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

सिंह : दिन राम्रो छ। आम्दानी बढे पनि स्वास्थ्यमा भने समस्या हुनेछ। परिवारलाई समय दिन नसक्दा विरोधको सामना गर्नुपर्ने हुनसक्छ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढेमा सोचेको काम बन्नेछ।

कन्या : दिन राम्रो छ। आफ्नो कामले खुशी दिनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा परिवारमा मेलमिलाप हुनेछ। दक्षिणको एकल यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले नाफा हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। अभिभावकसँगको भेटले मन शान्त बन्नेछ। भाग्यको स्थानमा शुभग्रह भएकाले अग्रजको सल्लाह लिएर काम गर्नुपर्ने देखिन्छ।

धनु : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारबाट फाइदा हुने देखिन्छ। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। आफन्तको भन्दा बाहिरका साथीको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने योग छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पढाइमा हिम्मत गर्नु उचित हुन्छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भ : दिन सामान्य छ। यात्रामा भए खर्च बढ्नेछ। दिन अनावश्यक खर्चमा बितेको अनुभव हुनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा अवरोध सिर्जना हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। आम्दानी बढ्ने योग छ। स्वास्थ्य उपचारमा भए सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ५ : ०४ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी