फ्युल कन्ट्रोल स्विच अफ हुँदा एयर इन्डिया विमान दुर्घटना भएको रिपोर्ट सार्वजनिक « Khabarhub

फ्युल कन्ट्रोल स्विच अफ हुँदा एयर इन्डिया विमान दुर्घटना भएको रिपोर्ट सार्वजनिक


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एयर इन्डिया विमान दुर्घटना भएको समयमा कोपाइलटले चलाएको र मूल क्याप्टेनले मनिटरिङ गरिरहेको रिपोर्टबाट देखिएको छ। रिपोर्ट अनुसार फ्युल कन्ट्रोल स्विच ‘कट अफ’ पोजिसनमा रहेको प्रारम्भिक रिपोर्टमा देखिएको छ। ककपिटमा रेकर्ड भएको स्वरको टुक्राले यो अनुमान भएको हो।

‘किन उसले कट अफ गरेको ?’ रेकर्ड भएको आवाजमा भनिएको छ। दुर्घटनामा २६० जना यात्रुको ज्यान गएको थियो।

प्रारम्भिक रिपोर्ट बाहिर आएपछि एयर इन्डियाले विज्ञप्ति जारी गर्दै सबै सरोकारकलासँग समन्वय गर्ने जनाएको छ। एयर इन्डियाले मृतकको परिवारको दुःखमा आफ्नो पनि साथ रहेको बताएको छ।

१५ पृष्ठ लामो रिपोर्टमा विमानले पूर्ण गति लिएपछि एक सेकेन्डको अन्तरमा इन्जिन १ र इन्जिन २ को स्विच रनबाट कटअफ पोजिसनमा गएको थियो। त्यसपछि पाइलटको आवाज ककपिटमा रेकर्ड भएको हो। चार सेकेन्डको फरकमा दुवै इन्जिनको स्विच कट अफबाट रनमा सरेको छ। त्यसको केही मिनेटपछि एक पाइलटले ‘मे डे मे डे मे’ भनेका थिए। त्यसको लगत्तै विमान विस्फोटको आवाज आएको थियो।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : ०८ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात