निर्माण व्यवसायीको लापरबाहीले जैमिनी नगरपालिकाको भवन निर्माणमा ढिलाइ « Khabarhub

निर्माण व्यवसायीको लापरबाहीले जैमिनी नगरपालिकाको भवन निर्माणमा ढिलाइ


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागलुङ-  बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण थपिएको म्यादसमेतमा काम सम्पन्न नभएको हो ।

निर्माण व्यवसायीको ढिला सुस्तकीका कारण जैमिनी नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण समयमै नसकिएको हो ।

२०७८ साल माघ २१ गते तीन वर्षमा सक्ने गरी सम्झौता भए पनि सम्झौता मिति सकिएर पुनः ६ महिनालाई थपिएको म्यादमा समेत काम सम्पन्न नभएको जैनिमी नगरपालिकाले जनाएको छ । माघमा सकिएको म्याद ६ महिनालाई थपेर असार १७ गतेसम्म पुर्‍याइएको थियो । ६ महिना म्याद थप्दासमेत भवनको प्रगति जम्मा ७० प्रतिशत मात्र भएको छ ।

भवनको साढे चार तला ढलान सकिएर इँटा लगाइरहेको भवनमा मुस्किलले एक दर्जन मात्रै कामदार खटिएको जैमिनी नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले जानकारी दिए ।

निर्माण व्यवसायीलाई जैमिनी नगरपालिकाले पटक–पटक समयमै काम सक्न दबाब दिए पनि कामको प्रगति जम्मा ७० पुग्नु लज्जास्पद भएको जैमिनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले बताए ।

‘तीन वर्षमा ५५ प्रतिशत काम भएको थियो छ महिनाभित्र सक्ने गरी म्याद थपेका थियो तर प्रगति कछुवा गतिमा छ, थपिएको म्यादसमेत सकिदा जम्मा ७० प्रतिशत प्रगति भएको छ, पर्खालसहित अन्य पूर्वाधारको काम बाँकी रहेको छ’, पुनले भने ‘निर्माण व्यवसायीले ६ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएपछि थपिएको म्यादमा जम्मा १५ प्रतिशत प्रगति भएकाले नगरपालिकाको कार्यपालिकामा लैजाने तयारी गरेका छौँ, कार्यपालिकाले जे भन्छ त्यहीअनुसार अघि बढिन्छ ।’ यही गतिमा काम भए अबको दुई वर्षमा समेत भवन निर्माण नसकिने पुनको भनाइ छ ।

समयमै काम सकेमा पालिकाले भाडा तिरेर अरूको घरमा बस्नु नपर्ने बताउँदै ठेकेदारले कछुवा गतिमा काम गर्दा समस्या भएको उनको भनाइ छ । साढे चार तलाको भवन ढलान भएर पर्खाल लगाउने काम चलेपछि ठूलो भवनमा कछुवा गतिमा काम भएको छ ।

अन्य पर्खाल, झ्याल ढोका, लिफ्ट, विद्युत्, खानेपानी, रङ्ग रोगन तथा डेकोरेशनको काम पुरै बाँकी रहेको छ । सम्झौता सकिएपछि निर्माण व्यवसायीले म्याद थपका लागि समेत निवेदन नदिएको नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले जनाए ।

नगरपालिकाको विद्युतीय भर्‍याङसहित साढे चार तलाको प्रमुख प्रशासकीय भवन निर्माणका लागि रविना/प्राकृतिक/जुगल जेभीसँग आठ करोड १७ लाख ६५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

२०८१ साल पौष १५ मा निर्माण सक्ने गरी भएको ठेक्का सम्झौताअनुसार काम नहुँदा निर्माणमा ढिलाइ भएको हो । रविना/प्राकृतिक/जुगल जेभीका आधिकारीक प्रतिनिधि नरेश ओझाले निर्माण सामग्रीको ढुवानीले समस्या भएकाले काममा ढिलाइ भएको बताए । समयमै भुक्तानी अभावमा काममा समस्या भएको उनको भनाइ छ ।

जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेराका स्थानीयले निःशुल्क दिएको आठ रोपनी जग्गामा नगरपालिका र प्रदेश सरकारको लगानीमा प्रशासकीय भवन निर्माण गर्न हो । साढे चार तलामा ४२ कोठा रहेको भवनमा विद्युतीय भर्‍याङसहित सुविधा सम्पन्नको हुनेछ । नगरपालिकाको विषयगत शाखासमेत अट्ने गरी भवन निर्माण थालिएको हो ।

अहिले नगरपालिकाले चार वटा घर भाडामा लिएर नगरपालिकाको सेवा दिइराखेको छ । आफ्नै भवन निर्माण भए नगरपालिकाको भाडा बापतको ठूलो रकम बचत हुनेछ ।  (रासस)

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : ४३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम