रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी « Khabarhub

रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्ष २०८०–०८१ को ११ महिनाको अवधिमा एक लाख सात हजार ४३९ पटक स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवाबाट ४४ हजार ९७२ जनाले सेवा लिएका छन् भने अल्ट्रासाउन्ड सेवा ५३ जना र अन्तरङ्ग सेवा ३२ जनाले लिएका छन् । अस्पतालले पूर्वकर्म/पञ्चकर्ममार्फत ४१ हजार ४३९ सेवा प्रवाह गरेको जनाएको छ ।

अस्पतालकी प्रमुख डा. कोपिला अधिकारीका अनुसार स्तनपायी आमालाई ८८१, जेष्ठ नागरिकलाई ६ हजार ८०७, योग सेवामा एक हजार १३०, प्याथोलोजी सेवा ६ हजार १६, नागरिक आरोग्य चार हजार २७०, अकुपञ्चर सेवा एक हजार सात र फिजियोथेरापी ८३२ पटक सेवा प्रदान गरिएको छ ।

सेवा लिनेमा महिलाको सङ्ख्या पुरुषभन्दा बढी रहेको प्रमुख अधिकारीले बताइन् । उनले भनिन्, ‘पुरुषको तुलनामा महिला नियमित रूपमा सेवा लिन आउनुहुन्छ । महिलामा आयुर्वेदप्रतिको आकर्षण बढी देखिएको छ ।’

चिकित्सालयअन्तर्गतको आयुर्वेद औषधि उत्पादन केन्द्रबाट हाल १० प्रकारका औषधि उत्पादन भइरहेको र अन्य औषधि सिंहदरबार वैद्यखानाबाट ल्याइने बाइएको छ ।

अस्पतालमार्फत २७ प्रकारका गुणस्तरीय औषधि निःशुल्क वितरण गरिने गरिएको छ, जसले विशेषगरी नसर्ने रोगहरूको उपचारमा प्रभावकारी भूमिका खेलेको प्रमुख अधिकारीको भनाइ छ ।

बालबालिकालाई लक्षित गरी अस्पतालले प्रत्येक महिना स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्दै आएको छ । ६ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो परम्परागत आयुर्वेदिक औषधिले प्रतिरक्षा प्रणाली सुदृढ बनाउने डा अधिकारीको भनाइ छ ।

डा. अधिकारीका अनुसार शिवघाट, देवघाट, गुञ्जानगर, पटीहानी, माडी, मेघौली, डालेटार र वीरेन्द्रनगरमा आयुर्वेद औषधालय सञ्चालनमा छन् ।

भरतपुरको शिवनगरबाट जीवनशैली सेवा प्रदान गरिँदै आएको छ भने कालिका, खैरहनी र इच्छाकामनामा नागरिक आरोग्य केन्द्रमार्फत सेवा विस्तार गरिएको छ ।

कार्यक्रममा चिकित्सक डा. सुमन खनाल र डा. देवेन्द्रकुमार यादवले नयाँ भवनबाट सेवा प्रवाह गर्दा थप सुविधा पुगेको र सेवा गुणस्तरमा उल्लेखनीय सुधार आएको बताए । उनीहरूले आयुर्वेद सेवाको थप प्रचारप्रसार आवश्यक रहेकोमा जोड दिए ।

अस्पतालका अध्यक्ष राजेन्द्र अधिकारीले सञ्चारमाध्यममार्फत आयुर्वेदसम्बन्धी जानकारी जनस्तरसम्म पुर्‍याउन सके अझ बढी नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा पत्रकारले अस्पतालको सेवा र गुणस्तरबारे सुझाव र प्रतिक्रिया राखेका थिए । (रासस)

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ७ : ३४ बजे

सुनसरी-१ मा हर्कराज राईको जित निश्चित : १४ हजार मतले अगाडि

काठमाडौँ – सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज

ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

स्याङजा-२ मा रास्वपाका डुम्रे विजयी

स्याङ्जा – प्रतिनिधि सभा निर्वाचन स्याङ्जा क्षेत्र नस्बर २ मा

महिला सशक्त भए राष्ट्र नै समृद्धिको मार्गमा अघि बढ्छ : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद

अमरेशलाई गगनको बधाई: ‘सम्भव हुने काम निरन्तर गरिरहनेछु’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ मा विजयी