पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल | Khabarhub Khabarhub

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी एकताका लागि पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताएका छन्।

चीन भ्रमण सकेर स्वदेश फर्किएपछि शनिबार आफ्नै निवास डल्लुमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले नेपालमा सबभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै भएकाले बामपन्थी एकताका लागि पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताएका हुन् ।

उनले एमालेको एउटा समूहले अरु सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको उनले बताए । उनले एमालेले वामपन्थी एकता गरौँ भनेर चाहने हो भने ठूलो मात्राको झैं वामपन्थी एकता हुन सक्ने सम्भावना रहेको धारणा राखे ।

खनालले कम्युनिष्टलाई एकतावद्ध गर्न बामदेव गौतम आफ्नो पार्टीमा आउन लागेको भए स्वागत गर्न तयार रहेको जिकिर गरे । 

त्यस्तै उनले पार्टी अध्यक्ष माधव नेपालमाथि परेको मुद्दा नेपालकै इतिहासमा नै नयाँ कुरा भएकाले तीन करोड नेपालीको सरोकारको विषय भएको बताए । यसमा बिभिन्न रुपमा हुने टिकाटिप्पणीलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै खनालले अदालतले गर्ने निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालले अहिले ठूला दुई दल मिलेर बनेको सरकार सबैभन्दा असक्षम देखिएकाले सिङ्गो देश सन्तुष्ट नरहेको बताए ।

त्यस्तै उनले रवि लामिछाने निर्दोष रहेको भन्न नसकिएपनि लामिछानेमाथि गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको टिप्पणी गरे । खनाल ५ दिने चीन भ्रमण सकेर शुक्रबार राती स्वदेश फर्किएका हुन् । भ्रमणका क्रममा बिभिन्न कार्यक्रम र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वहरूसँग भेटघाट भएको उनले बताए ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ३ : ०२ बजे

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय