म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु | Khabarhub Khabarhub

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा परी कम्तीमा २२ सर्वसाधारणको ज्यान गएको छ, जसमा तीन बालबालिका पनि रहेका छन् ।

सशस्त्र द्वन्द्वका कारण घरबार गुमाएका सर्वसाधारणले उक्त गुम्बालाई सुरक्षित आश्रयस्थल ठानी बसोबास गरिरहेका थिए । तर शुक्रबार बिहान १ बजे गुम्बाको मुख्य हलमा हवाई आक्रमण भएको थियो । 

प्रत्यक्षदर्शीका अनुसार, विस्फोट गुम्बामाथि खस्दा त्यहाँ रहेका धेरै नागरिकहरूको ज्यान गएको हो । ‘गुम्बा शान्त र सुरक्षित हुने विश्वासमा बसेका मानिसहरू अचानक हवाई आक्रमणको शिकार बन्न पुगे ।’

एक स्थानीय बासिन्दाका अनुसार, गुम्बा पूर्ण रूपमा ध्वस्त भएको छ र धेरै शवका शरीरका भाग छुट्टिएको अवस्थामा भेटिएका छन् ।
सन् २०२१ मा सैनिकले निर्वाचित सरकारलाई हटाएर सत्ताकब्जा गरेपछि म्यान्मा गृहयुद्धमा फसेको हो । सागाइङ विद्रोहीको बलियो प्रभाव क्षेत्र भएकाले सेना बारम्बार त्यहाँ आक्रमण गर्दै आएको छ ।

यो क्षेत्र केही महिनाअघि ७.७ रेक्टर स्केलको भूकम्पबाट पनि प्रभावित भएको थियो, जसले करिब तीन हजार ८०० जनाको ज्यान लिएको थियो ।

युद्धविरामको घोषणा भए पनि सेनाले हवाई आक्रमण जारी राखेको छ । यसअघि, मे महिनामा भएको एक आक्रमणमा विद्यालयका २० विद्यार्थी र दुई शिक्षकको ज्यान गएको थियो । सरकारी प्रवक्ता जाव मिन टुनले घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

यो घटनाले म्यान्मामा नागरिक अझै पनि हिंसा र असुरक्षाको चपेटामा रहेका छन् भन्ने कुरा फेरि पुष्टि गरेको छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ४ : १८ बजे

आत्मसमर्पण गरिसकेका तीन प्रहरीको कोटेश्वरमा निर्मम हत्या

काठमाडौँ- जेन-जी प्रदर्शनकारीका नाममा उत्रिएको समूहले कोटेश्वरमा आत्मसमर्पण गरिसकेका तीन

हेर्दाहेर्दै खण्डहरमा परिणत भयो शीतल निवास (तस्बिरहरू)

काठमाडौँ- जेन-जी प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतल निवास पनि जलाएका छन् ।

आजका समाचार : ढल्यो दुईतिहाइको सत्ता, देश अनिश्चिततातिर, राज्यका तीनै अंग ध्वस्त र राष्ट्रपतिले आन्दोलनकारीलाई बोलाए वार्तामा

राष्ट्रपति पौडेलले जेन-जीसहित आन्दोलनकारीलाई वार्तामा बोलाएराष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विषम

पूर्वराजाको सन्देश : आन्दोलनमा कसैको घुसपैठ नहोस्

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जेन–जी पुस्ताको आन्दोलन अराजक नबनोस् भन्ने

सेनाले भन्यो– राष्ट्रिय सम्पत्तिको रक्षा गर्नु साझा दायित्व

काठमाडौं– नेपाली सेनाले जेनजी आन्दोलनको विश्लेषण गरिरहेको जनाएको छ ।